जन्मदिनमा प्रधानमन्त्रीले रोप्नुभयो आँपका बिरुवा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गमलामा आँपको बिरुवा रोपेर आफ्नो ६८ औं जन्मदिन मनाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार परिसरमा शनिबार बिहान ओलीले स्थानीय नर्सरीबाट ल्याइएको आँपको विरुवा र उहाँकी पत्नी राधिका शाक्यले अम्बाको बिरुवा रोप्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाउनुभएको थियो । प्रधानमन्त्री ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ, अभिनेत्री जया प्रदा, युवा नेता योगेश भट्टराई लगायतले शुभकामना दिनुभएको छ । ओली २००८ साल फागुन ११ गते शनिबारका दिन तेह्रथुमको इवामा जन्मिनुभएको हो । फोटो : प्रधानमन्त्रीको सचिवालय

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com