जागिरको प्रलोभन देखाई युवतीलाई ठगी र जबर्जस्ती करणी गर्ने सप्तरीका यादव पक्राउ

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , १६ भदौ ।

ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीले सोमबार विभिन्न घटनामा आरोपित १ जना व्यक्ति सहित बरामद भएको नगद तथा जिन्सी सहित कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

डिएसपी मकेन्द्र कुमार मिश्रले पत्रकार सम्मेलनमा सप्तरी जिल्ला अग्निसाइर कृष्णासवरन -२ सितापुर बस्ने वर्ष २९ को सामाजिक सञ्जाल इमोमा आफूलाई संजिव खडका भनी चिनाउने सन्तोष कुमार यादवले विभिन्न घटना घटाइ फरार रहेको अवस्थामा प्रदेश नम्बर १ को प्रहरी फोर्स संग समन्वय गरी सोलुखुम्बु जिल्लाको विष्णु नेपाली नामको महिलालाई विराटनगरमा बोलाई नेपालीको योग्यताको प्रमाणपत्रहरु समेत लिई जागिर लगाइदिने प्रलोभन देखाउदै गर्दा प्रहरीले सुराकी पाई निजमाथि निगरानी गर्दै जाँदा २०७६ साल भदौ १४ गते मोरङ जिल्लाको विराटनगर स्थित बुढीगंगा नगरपालिका ३ स्थित कार्पेट उद्योग नजिक रहेको यादवको डेरा कोठाबाट पक्राउ गरी नगद तथा जिन्सी सामानहरु समेत ल्याएको जानकारी गराए ।

यादवले २०७६ साल वैशाख ९ गते सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका १ घर भई बस्ने वर्ष ३३ की स्वस्थानी नेपालीलाई इमो मार्फत नेपालीको फोन नम्बर पत्ता लगाई उक्त नम्बरमा फोन गरी म रोजगारी डट कमको म्यानेजर हुँ , हामी कहाँ एनजीओ मा जागिर खाने अवसर खुल्ला छ भनी लोभ लालच देखाई अग्निसाइर कृष्णसवरन २ सितापुरमा बोलाई नेपालीको साथमा रहेको मोबाइल र सुनका गरगहना सहित २ लाख १४ हजारको धनमाल लुटि फरार रहेको ।

२०७६ साल असार २६ गते कंचनपुर जिल्ला पुनरवास नगरपालिका ( पु.न.पा. ) -१ घर भई वर्ष १९ कि मीना बोहरालाई रोजगारी डट कमकै माध्यमबाट विराटनगरको एन.आई.सी. बैंकमा जागिर लगाइदिने प्रलोभन देखाई विराटनगरमा बोलाई त्यहाँबाट सप्तरीको सितापुरमा बोलाई बोहराको साथमा रहेको मोबाइल र सुनका गरगहना सहित १ लाख ५६ हजारको धनमाल लुटि फरार भएको ।

बरामद भएको सामान

२०७६ साल साउन ८ गते बाके जिल्ला नेपालगन्ज उपमहानगरपालिका -५ बस्ने परिवर्तित नामथर कंचनपुरकी सीता लाई रोजगारी डट कमकै माध्यमबाट एन.आई.सी. बैंकमा जागिर लगाइदिने प्रलोभन देखाई विराटनगर बोलाई त्यहाँबाट सितापुर ल्याई सो महिलाको साथमा रहेको मोबाइल , नगद धनमाल लुटि जबर्जस्ती करणी समेत गरी फरार भएको ।

२०७६ साल भदौ ११ गते अन्दाजी २२:३० बजेको समयमा सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका -८ बस्ने आशा राईलाई रोजगारी डट कमकै माध्यमबाट सरकारी जागिर लगाइदिने प्रलोभन देखाई विराटनगरबाट सितापुरमा ल्याई राईको साथमा रहेको नगद , मोबाइल र सुनचाँदीका गरगहना सहित २ लाख बराबरको धनमाल लुटेको र राईमाथि जबर्जस्ती गर्न खोज्दा सफल हुन नसकेको ।

बरामद भएका सामानहरु

आ.व. ०७५/०७६ को फागुन महिनामा मोरङ जिल्ला विराटनगरमा समेत महिलालाई लुटपाट गरि जबर्जस्ती करणी उद्योग गरेको मुद्दामा पक्राउ परी धरौटीमा रिहा हुदा उक्त मुद्दाको फैसला हुदा १ वर्ष ६ दिन कैद सजाय भएकोमा हालसम्म कैद भुक्तान नगरी भागी फरार रहेको भनी बुझिएको साथै यादवले करिब ३ वर्ष देखि सामाजिक सञ्जालमा रोजगारी डट कम को माध्यमबाट टाढा टाढाको महिलाहरूलाई जागिरको लोभ लालच देखाई बोलाएर लुटपाट तथा जबर्जस्ती करणी लगायतका अपराध गर्दै आएको भनी बताएको पत्रकार सम्मेलनमा डिएसपी मिश्रले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका हुन ।

यादवको कोठाबाट बरामद भएका सामानहरु इटा कलरको फुल बाउला भएको सर्ट १ थान , आशिष ज्वेलर्स लेखिएको बट्टामा कालो पत्थरमा उनीएको पहेंलो रङ्गको धातु मिसिएको मंगल सूत्र १ थान , प्लास्टिकको बट्टामा रहेको रातो पोते १ थान , सिगारेट लेखिएको आन्तरिक विभागको स्टिकर पोका १ थान , सुन जस्तो देखिने कुनौसी १ जोर , हजार दरको नेपाली नोट ३० पीस , ५ सय दरको नेपाली नोट ४ पीस , १ सय दरको नेपाली नोट १ पीस , ५० दरको नेपाली नोट ४ पीस , २० दरको नेपाली नोट ७ पीस , १० दरको नेपाली नोट २३ पीस , ५ दरको नेपाली नोट १ सय २४ पीस गरी जम्मा ३३ हजार २ सय ९० रुपियाँ , मोसाको बिमासँग सम्बन्धित कागजात ७ पाना , रातो समाउने भएको स्टिलको चक्कु १ थान , चाँदी जस्तो देखिने सिक्री २ थान , बेरुवा अौँठी २ थान , पत्थर जडित अौंठी २ थान , पत्थर जडित अौठी १ थान , लकेट १ थान सन्तोष कुमार यादव नामको ०२६०४१७२५५२०५००१ नम्बरको खाता भएको २ थान चेक सहित चेकबुक थान , कालो छालाको दाप भएको खुकुरी १ थान , सिम राख्ने कार्ड ४ थान सिम काटेर निकालेको टुक्रा ३ थान डाइगर चक्कु १ थान , ओपो मोबाइल १ थान , स्यामसुङ्ग मोबाइल २ थान , एमआइ मोबाइल १ थान लियोनोभो ट्याब १ थान , सेतो रङको हुवाइ मोबाइल १ थान कपडाहरु राखेको सुटकेश २ थान आदि बरामद गरिएको डिएसपी मिश्रले जानकारी गराए ।

बरामद भएको सामान

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com