जिल्ला प्रहरी कार्यालय मोरङद्वारा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मोरङ , २३ जेठ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी वीच बुधबार परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको सभाहलमा जिल्ला स्थित कार्यरत संचारकर्मी र यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी वीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
सो अन्तरक्रिया कार्यक्रममा संचारकर्मीहरूबाट मोरङमा प्रहरी प्रभावकारिता थप अभिवृद्धि गर्न सुझावहरू दिएका थिए ।
सोही क्रममा उपस्थित संचारकर्मीहरूको तर्फबाट मन्तब्य दिने क्रममा जिल्ला पत्रकार महासंघ मोरङका उपाध्यक्ष श्री कुमोद अधिकारीले प्रहरी उपरीक्षक विश्व अधिकारीज्यूको कार्यकालमा पत्रकार र प्रहरी विचको सम्बन्ध अझै प्रगाढ भएर जानेछ भन्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा प्रहरी उपरीक्षक विश्व अधिकारीले जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धानतर्फ थप प्रभावकारी बनाउन कटिबद्ध रहेको कुरा बताएका थिए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com