जुनियर बन प्राविधिक संघ सप्तरीको प्रथम अधिबेशन सम्पन्न ; पुन बिनोद कुमार यादव अध्यक्ष

बृजमान तामाङ

बिरेन्द्र बजार, १९ पुस । जुनियर बन प्राबिधिक संघ सप्तरीको प्रथम अधिबेशन शनिबार सम्पन्न भएको छ ।

जुनियर बन प्राबिधिक संघ सप्तरीका अध्यक्ष बिनोद कुमार यादवको अध्यक्षता तथा डिभिजन बन कार्यालय सप्तरीका प्रमुख जिल्ला बन अधिकृत संतोष कुमार झाको प्रमुख आतिथ्यमा एक समारोहका बीच अधिबेशन सम्पन्न भएको हो ।

कार्यक्रम शुभकामना मनतब्य व्यक्त गर्दै जिल्ला बन अधिकृत झाले बन प्राविधिकहरुको कार्यदक्षताले बन संरक्षणमा टेवा पुगेको बताए । उनले अधिबेशन पुर्ण रुपले सम्पन्न होस भन्दै शुभकामना समेत व्यक्त गरे।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झाले जिल्लाका बन प्राविधिकहरु संगठित भएको भन्दै खुशी व्यक्त गरे । कर्मचारीहरुको ठुलो संघर्षले राष्ट्सेवक कर्मचारी संगठित हुने अबसर प्राप्त भएको उल्लेख गर्दै उनले पेशागत हक अधिकारका निम्ति एकजुट हुन आग्रह गरे । उनले अधिबेशनबाट सक्षम, सबल सक्रिय नेतृत्वको चयन होस भन्दै शुभकामना व्यक्त गरे ।

जुनियर बन प्राविधिक संघका माहासचिब अशोक झाले बन संरक्षणमा बन प्राविधिकहरुको योगदान अबिस्मरनिय रहेको बताए । उनले बन प्राबिधिकहरुले श्रोतसाधानको अभावले चाहेर पनि भनेजस्तो कर्तव्य निर्बाह गर्नु नकेको बताए ।

शम्भुनाथ सव बन कार्यालय रुपनीमा आयोजित अधिबेशन उद्वघाट सभामा बन प्राविधिक संघका केन्द्रिय सह सचिब उमेश यादव, मधेसी कर्मचारी मंचका केन्द्रिय उपाध्यक्ष सचेन्द्र प्रसाद यादव, डिभिजन बन कार्यालय सप्तरीका रेन्जर लक्षमण साँफी, शम्भुनाथ सव बन कार्यालय रुपनीका प्रमुख साहायक बन अधिकृत चतुर नारायण साह लगायतकाले शुभकामना ब्याक्त गरे ।

वनरक्षक फुदन यादवद्वारा संचालित कार्यक्रममा स्वागत सुमनकान्त झाले गरे । यसैबीच शनिबारै सम्पन्न बन्दशत्रले पुनः बिनोद कुमार यादवको अध्यक्षतामा ९ सदस्य सर्वसम्मत जिल्ला कार्यसमिति गठ्न गरेको छ ।

गठित समितिको उपाध्यक्षमा अजय कुमार झा, सचिबमा अतुल सुहान, सह सचिबमा जाल महमद मंसुर, कोषाध्यक्षमा दुर्गानन्द मण्डल चयन भएका छ्न । यसैगरी समितिको सदस्यहरुमा राम नारायण साह, रामसुन्दर यादव, राम नारायण भगत र कमल महतो चयन भएको अध्यक्ष यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com