जेठ ७ गतेबाट २१ घण्टा विमानस्थल सञ्चालन हुन्छ : पर्यटनमन्त्री अधिकारी

वैशाख १३, २०७५

मुलुकको एक मात्र अन्र्तराष्ट्रिय विमानस्थल आगामि जेठ पहिलो सातादेखि २१ घण्टा सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकार गठन भएको १ सय दिनमा सम्पादन गरिने प्रमुख कार्यहरुको आज प्रगति समीक्षा गर्दै जेठ ७ गतेबाट २१ घण्टा विमानस्थल सञ्चालन हुने जनाएको छ ।

एक सय दिन पुग्न अब एक महिना मात्र बाँकी छ । हाल १८ घण्टा विमानस्थल सञ्चालन हुँदै आएको छ । मन्त्रालयले सरकार गठन भएलगत्तै १ सय दिनमा गर्ने १ सय १० वटा काम सार्वजनिक गरेको थियो । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र उडान सुरक्षित बनाउन विमानस्थलको उडान समायावधि लम्बाइएको बताउनुभयो । एयर ट्राफिकिङका कारण जहाज आकाशमै ‘होल्ड’ हुने र विमान फर्कनुपर्ने बाध्यता अन्त्यका लागि विभानस्थल सञ्चालनको समय बढाइएको उहाँले बताउनुभयो ।  कार्यसमीक्षामा मन्त्री अधिकारीले त्रिभुवन विमानस्थलबाट आन्तरिक उडानलाई स्थानान्तरण गर्न १४ दिन भित्र काभ्रेमा जग्गाको टुङगो लगाउन पनि मातहतको निकायलाई निर्देशन दिनुभयो । ठुला जहाजहरु आकाशमै होल्ड गर्नुपर्ने अवस्थाको अन्त्य गर्न २० प्रतिशत साना जहाज विस्थापित गर्न पनि उहाले निर्देशन दिनुभयो । अधिकाशं समय कर्मचारीलाई निर्देशन दिन खर्चिएका मन्त्री अधिकारीले विशष कारण बाहेक तोकिएकै समयमा उडान हुनुपर्ने, अग्रिम टिकट बुकिङको पहुँच सबैमा पुग्नुपर्ने बताउनुभएको थियो । यस्तै राष्ट्रिय गौरवको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य १ सय दिनभित्र ४० प्रतिशत सम्पन्न हुने भनिएकोमा हालसम्म ३७ प्रतिशत सकिएको जानकारी दिइयो ।  

Source: eKantipur

तपाईको प्रतिक्रिया

About the Author

Team KR News