झापामा छोराद्वारा चिर्पट प्रयोग गरी बाबुको हत्या

झापा । एक युवकले शुक्रबार बिहान आफ्नै बुबालाई दाउराको चिरपटले हिर्काएर हत्या गरेका छन् ।

झापा कमल गाउपालिका १ बस्ने ३१ वर्षीय प्रकाश थापाले घरायसी विवादका कारण आफ्नै बुबा ७० वर्षीय सूर्यबहादुर थापालाई दाउराको चिर्पट प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

चिरपट प्रहार गर्दा थापाको घटना स्थलमै मृत्यु भएको खबर थाहा पाएपछि ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी तोपगाछिबाट खटिएको प्रहरी टोलीले थापालाई पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com