झापामा भएको एक सडक दुर्घटनामा परी रन्जना खनालको मृत्यु

झापामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। सोमबार स्कुटर दुर्घटनामा परी मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका १ बस्ने २७ वर्षीया रञ्जना खनाल रहेकी छन् ।

पुर्वपश्चिम राजमार्गमा पर्ने धरमपुर चोकमा मे१०प ८१ नम्बरको मोटरसाइकलले पश्चिमबाट पूर्वतर्फ आइरहेको मे७प १६७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।ठक्करबाट गम्भीर घाइते भएकी खनाललाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याइएको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुने रञ्जना नेपाल कम्युनिष्ट पाटी ९नेकपा० झापाका सचिवालय सदस्य एबम् क्षेत्र नं ४ का इन्चार्ज राधाकृष्ण खनालकी छोरी रहेकी छन्। प्रहरीका अनुसार मृतकको शव मेची अस्चल अस्पताल भद्रपुर पठाइएको छ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com