टर्की तथा अन्य पंक्षी पालन व्यवसायीहरुको कथा : मासिक १ लाख भन्दा बढी आम्दानि हुने अली बताउँछन

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , माघ २८ गते । सप्तरीमा पहिलो पटक ह्याचर मेसिनद्वारा चल्ला उत्पादन हुन सुरु भएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका –१२ रुपनगरका साहिद अलिले शिक्षक पेसा छाडेर टर्की पालन व्यवसाय सुरु गरे । अहिले उनको टर्की पालन व्यवसाय फस्टाउन थालेपछि कञ्चनरुपका यूवाहरुको टर्की पालन व्यवसाय प्रति आकर्षण बढ्न थालेको छ ।
एक जना अलीबाट सुरु भएको टर्की पालन व्यवसाय पाँच जना युवाले गर्न थालेका छन् ।
अलीले अहिले टर्की पालन व्यवसाय मात्र गरेका छैनन् १४ प्रजातिका पंक्षिहरुको व्यवसाय संचालन गरी राम्रो आम्दानी गर्न थालेका छन् । उनको व्यवसायको बजारीकरण नेपालको ७७ वटै जिल्लामा हुने गरेको र ग्राहकको माग अनुसार सप्लाइ गर्न कठिनाइ उत्पन्न भएकोले आफैँले अण्डा उत्पादन गरी ह्याचर मेसिनबाट चल्ला निकालि ग्राहाकहरुलाई दिने गरेको उनी बताउँछन् ।
१ लाख १५ हजार मूल्यमा १ हजार ५६ चल्ला उत्पादन गर्ने क्षमता भएको ह्याचर मेसिन खरिद गरी अलीले १४ प्रजातिको पंक्षिहरुको चल्ला उत्पादन गर्न थालेका हुन ।
१४ प्रजातीका पंक्षिहरुमा टर्की , बटाई , लोकल कुखुरा , गिरीराज , कडकनाथ , फाइटर , चित्रा , सिल्की कुखुरा , बेन्टम , लेगराउन , पोलिस , लाखे परेवा , राजा हाँस , चाइनिज हाँस रहेका छन् ।
हामी अहिले समुह बनाई यस व्यवसायलाई दिगो रुपमा लानका लागि व्यवसायीकरण गर्ने अभियानमा लागेको अलीले बताए ।
१ हजार ५६ चल्ला उत्पादन हुने ह्याचर मेसिनले धान्न गारो परेकोले ३ हजार चल्ला उत्पादन हुने ह्याचर मेसिन ल्याउने तयारीमा रहेको अलीले बताए । उनको कमाइ खर्च कटाएर १ लाख ५० हजार मासिक हुने गरेको र कमाइबाट सन्तुष्ट रहेको समेत बताए ।
त्यसैगरी ५ वर्ष कोरिया बसेर आएका कञ्चनरुप ११ बेङ्गरीका बिरेन्द्र चौधरी पनि टर्की लगायत १४ प्रजातिका पंक्षीको व्यवसाय संचालन गरेर मनग्गै आम्दानी गर्न थालेका छन् । उनको पनि मासिक आम्दानी खर्च कटाएर १ लाख हुने गरेको उनी बताउँछन् ।
त्यस्तै मेनपावरको काम छाडी कञ्चनरुप ८ का धर्मेन्द्र थापाले पनि टर्की लगायत १४ प्रजातिका पंक्षीहरुको पालन गरी व्यवसाय संचालन गरी खर्च कटाएर मासिक १ लाख आम्दानी हुने गरको उनी बताउँछन् ।
क्ञ्चनरुप –९ का सन्तोष यादव र कञ्चनरुप –१२ का तेजनारायण श्रेष्ठको समेत टर्की पालन व्यवसाय प्रति आकर्षण बढि सो व्यवसाय संचालन गरी आम्दानीको श्रोतमा बृद्धि गर्न थालेका छन् ।
वटाइको २ हप्तामा , लोकलको ३ हप्तामा , टर्की लगायत अन्यको ४ हप्तामा ह्याचर मेसिनबाट चल्ला उत्पादन हुने अलिले बताए ।
यूवाहरुको टर्की पालन व्यवसाय प्रति आकर्षण बढ्न थालेपछि कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले अनुगमन निरीक्षण गरी यूवाहरुलाई हौसल्ला दिन थालेका छन ।
युवाहरु संगठित भई सकारात्मक सोचका साथ सामुहिक रुपमा व्यवसाय संचालन गरेमा सबैको हितमा हुने र धेरै युवाहरुले रोजगारी पाउने भएकाले आफ्नो तर्फबाट हुने सहयोग गर्ने बताए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com