टि-२० वरियतामा नेपाल १४ औं स्थानमा

अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले आज सार्वजनिक गरेको टि-२० वरियतामा नेपाल १४ औं स्थानमा छ । युएई विरुद्धको ३ खेलको टी–२० सिरिज २–१ ले जितेसँगै नेपाल टी–२० वरीयतामा १४औं स्थानमा उक्लिएको छ। 

यूएईविरुद्धको टि-२० र एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला जितेर सोमबारमात्रै नेपाली टोली स्वदेश फर्किएको छ। टी–२० वरियतामा नेपालले ४३ रेटिङ पाएको छ। पहिलो पटक टी–२० सिरिज जितेको नेपालले १४औं वरियतामा उक्लने क्रममा ४३ रेटिङ अंक प्राप्त गरेको छ। नेपालले भन्दा पछि रहेको युएई १५औं स्थानमा छ। हङकङ १६औं, ओमान १७औं र आयरल्यान्ड १८औं स्थानमा छन्। 

शीर्ष स्थानमा पाकिस्तान छ भने दोस्रो स्थानमा भारत छ।

संयुक्त अरब इमिरेट (युएई) मा तिन एक दिवशीय प्रतियोगितामा २-१ को जित हासिल गरेसँगै आइसीसीले नेपाललाई आईसीसी वरियता क्रममा एक हप्ता अगाडी सूचीकृत गरेको थियो । आइसीसीको सूचीमा नेपाल १५ औं स्थानमा छ भने नेपाल भन्दा एक स्थान माथि युएइ रहेको छ।

पहिलो पटक वरियतामा परेको नेपालको १ सय ५२ पोइन्ट छ। नेपालको १० खेलका आधारमा यो अंक हासिल भएको हो।एक दिवसीय वरियता क्रमको शीर्ष स्थानमा इंग्ल्याण्ड छ । उसको रेटिङ १२४ छ भने अंक ६,९३७ छ । नेपाल आईसीसी वरियताको पुछारमा छ । वरियता क्रममा नेपालको रेटिङ १५ छ भने १५२ अंक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com