टी-१० लिगमा सन्दिपकाे उत्कृष्ट बलिङ, लिए २ विकेट

पहिलो खेलको पहिलो बलमा नै विकेट लिएका सन्दिपले प्रतियोगिताको दोस्रो खेलमा दोस्रो बलमा नै विकेट लिए । उनले बंगला टाइगर्सका आन्द्रे फ्लेचरलाई ४० रनमा आउट गरे । उनले पहिलो ओभरमा ५ रन दिए ।

दोस्रो ओभरमा उनले मात्र चर रन दिएर २ विकेट लिए भने उनकै बलमा एक खेलाडी रनआउट भए । उनको बलिङमा कोलीन इन्ग्राम रनआउट भए । त्यसको दोस्रो बलमा नै उनले थिसारा परेरालाई तीन रनमा आउट गरे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्नाटकाले १० ओभरमा एक विकेट गुमाउँदै रन बनायो ।

उसका लागि जोनसन चाल्र्सले ५७ तथा कप्तान हसीम अमलाले ३९ रन बनाए । सन्दिपको टिमको जारी प्रतियोगितामा दोस्रो खेल हो । यसअघि उसले पहिलो खेलमा पनि जित निकालेको थियो ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com