ठण्डी पीडित बहिरा तथा सुस्त श्रवण भएका बिद्यार्थीलाई ब्ल्याङ्केट बितरण

बृजमान तामाङ

बिरेन्द्र बजार, २९ पुस । सप्तरीको खडक नगरपालिका वडा नम्बर ३ स्थिति रहेको जनहित पवनलाल प्रथामिक बिधालय बनरझुलाका ठ्ण्डी पीडित बहिरा तथा सुस्त श्रवण भएको छात्रछात्रालाई मंगलबार एक कार्यक्रमको बिच ब्ल्याङ्केट बितरण गरिएको छ ।

लेखाजोखा संयोजक बिरेन्द्र कुमार चौधरीको समवन्यमा धर्मिहल्फा महिला बिकास क्लब सप्तरीद्वारा १३ जना बहिरा तथा सुस्त श्रवण भएका छात्रछात्राहरुलाई ब्ल्याङ्केट बितरण गरेको हो ।

बिधालय ब्याबस्थापन समितिका अध्यक्ष सुर्य नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथी सहयोगि संस्थाका अध्यक्ष समाजसेवी ईन्जिनियर सुर्य नारायण यादव, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, खड्क नगरपालिका वडा नम्बर ३ का अध्यक्ष गमकलाल चौधरी, लेखाजोखा संजालका केन्द्रिय अध्यक्ष बिरेन्द्र कुमार चौधरी, अस्थायी प्रहरी चौकीका ईन्चार्ज प्रहरी साहायक निरीक्षक क्रान्तिराज पौडेल लगायतकाले ठ्ण्डी पीडित फरक क्षमता भएका छात्रछात्रालाई ब्ल्याङ्केट प्रदान गरे ।

उक्त कार्यक्रम मा बिधालयको शैक्षिक पक्षमा पटक- पटक सहयोग गरि योगदानको गरेको भन्दै ३ जनालाई बिधालयद्वारा सम्मान- पत्र र दोसला ओढाएर सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा धर्मिहल्फा महिला बिकास क्लब सप्तरीका अध्यक्ष समाजसेवी सुर्य नारायण यादव, आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ र लेखाजोखा संजालका केन्द्रिय अध्यक्ष बिरेन्द्र कुमार चौधरी रहेका छ्न ।

बिपदको समयमा राहात, बिद्यार्थीलाई प्रोत्साहन गर्न विभिन्न छात्रवृत्ति र भौतिक पुर्वधार बिकासकामा योगदानको उच्च कदर गर्दै उनिहरुलाई सम्मान गरेको बिधालयले जनाएको छ ।

लेखाजोखा संयोजक बिरेन्द्र कुमार चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत बिधालयका प्रधानाध्यापक देव नारायण मण्डलले गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com