डम्बरदेवी भगवती जनता आधारभूत विद्यालयद्वारा छात्रवृत्ति र दिवा खाजा भत्ता वितरण

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , २ मंसिर ।

डम्बरदेवी भगवती जनता आधारभूत विद्यालय कञ्चनरूप ११ बेङ्गरीले सोमबार आर्थिक वर्ष ०७५/०७६ को छात्रवृत्ति र दिवा खाजा भत्ता वितरण गरेको छ ।

सो कार्यक्रममा बोल्दै कञ्चनरूप नगरपालिकाका प्रेस सल्लाहकार उत्तम आचार्यले शिक्षा बिना मानव विकास असम्भव रहेकाले गुणस्तरीय शिक्षा र क्षमतावान विद्यार्थी बनाउनका लागि सबै एकजुट भई इमानदारीपूर्वक काम गर्न आवश्यक रहेको बताए ।

सरकारले विद्यार्थीको क्षमता विकास गर्नका लागि प्रोत्साहन स्वरूप दिवा खाजाको व्यवस्था उपलब्ध गराएको हुदा विद्यार्थीले प्राप्त गरेको रकमलाई दुरुपयोग नगरी विद्यार्थीको पठनपाठनमा खर्च गर्न अभिभावकलाई आग्रह गरे ।

वडा नम्बर ११ का वडा सचिव संजय गुप्ता , समाजसेवी पदमबहादुर राना मगर , विद्यालय व्यवस्थापन समितिका सदस्य देवु सदा , अभिभावकको तर्फबाट सुनिता देवी साह लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए  ।

कक्षा १ का २ जना छात्रा दलित छात्र/छात्रा ६ जना , कक्षा २ का छात्रा २ जना दलित छात्र / छात्रा ९ जना , कक्षा ३ का छात्रा ४ जना दलित छात्र / छात्रा ११ जना , कक्षा ४ का छात्रा ७ जना दलित छात्र / छात्रा २ जना , कक्षा ५ का छात्रा ३ जना दलित छात्र / छात्रा १० जना , कक्षा ६ का छात्रा ६ जना दलित छात्र / छात्रा १ जना , कक्षा ७ का छात्रा २ जना दलित छात्र / छात्रा ५ जना लाई प्रति विद्यार्थी रु ४ सयको दरले छात्रा छात्रवृत्ति र दलित छात्रवृत्ति प्रदान गरिएको थियोे ।

त्यसैगरी २०७५ साल साउन देखि चैत्र सम्मको विद्यालयमा उपस्थित भएकालाई प्रतिदिनको प्रत्येक विद्यार्थी रु १५ का दरले बालविकास केन्द्रका १० जना , कक्षा १ का १७ जना , कक्षा २ का १७ जना , कक्षा ३ का ११ जना , कक्षा ४ का १७ जना , कक्षा ५ का १० जना र २०७६ साल वैशाख देखि असारसम्म बालबिकास केन्द्रका १५ जना , कक्षा १ का ८ जना , कक्षा २ का १२ जना , कक्षा ३ का १६ जना , कक्षा ४ का ११ जना र कक्षा ५ का १४ जना विद्यार्थीहरूलाई दिवा खाजा भत्ता प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक जगदीश प्रसाद साहले बताए ।

कञ्चनरूप नगरपालिकाले बाल विकास केन्द्रका बालबालिका १५ जनालाई टिफिन बक्स समेत प्रदान गरेको थियो ।

स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक जगदीश प्रसाद साहले गरेका थिए भने वडा नम्बर ११ का वडा सदस्य एवं विद्यालयका व्यवस्थापन समितिका पदेन सदस्य कैलु चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com