डाक्नेश्वरीमा अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको पटाका बरामद

महेन्द्र सदा

पातो सप्तरी , ११ कार्तिक ।

सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं. – ४ भुतहिको खएक खोलाको पुलमुनि अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको पटाका बरामद गरेको छ ।

उक्त पटाका अन्दाजी मुल्य १५ हजार बराबरको रहेको थियो । सशस्त्र प्रहरी बल वेश क्याम्प पातोको सशस्त्र प्रहरी नायव निरीक्षक लक्ष्मण कापेरको नेतृत्वमा गस्तीमा खटिएको टोलीले साझ ६ बजे अबैध रुपमा ल्याउदै गरेको मानिसले गस्ती टोलीलाई अचानक देखेर पटका फालेर भागेको कापेरले बताए ।

समातिएको पटाकालाई आइतबार बिहान राजनैतिक दल , समाजसेवी , बुद्धिजीवी र सञ्चारकर्मीहरुको रोहवरमा खाल्डो खनी नष्ट गरिएको सशस्त्र प्रहरी बल वेश क्याम्प पातोले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com