डाक्नेश्वरी नगरपालिकामा स्वास्थ्य बिमा सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

महेन्द्र सदा

पातो सप्तरी , २४ भदौ ।

डाक्नेश्वरी नगरपालिकाको आयोजनामा मंगलबार नगरपालिकाको सभाहलमा सप्तरी जिल्लाको स्थानीय सरोकारवालाहरुको लागि स्वास्थ्य बिमा सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा जनताको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरि नेपालको संविधान २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रुपमा राखिएको छ । धारा ५१ ज १५ मा राज्यका निति , निर्देशन सिद्धान्त अन्तर्गत नागरिकको स्वास्थ्य बिमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा सहज रुपमा पहुँच पुर्‍याउने उदेश्य अनुसार राष्ट्रिय बिमा मिति २०७१ र सामाजिक सुरक्षा विकास समिति ( गठन आदेश ) २०७१ बमोजिम आ.व. २०७२/०७३ बाट सुरुमा कैलाली , बागलुङ र इलाम जिल्लाबाट सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम ४२ जिल्लामा विस्तार भई नागरिकको सेवा पाइरहेका छन् । थप ६ वटा जिल्लाका लागि तयारी भइसकेको र बाँकी २९ जिल्लामा क्रमशः विस्तार गरिदै जाने निति रहेको दर्ता अधिकृत पशुपति नारायण चौधरीले बताए ।

यस कार्यक्रमको मुख्य उदेश्य भनेको नेपाली जनताको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्ने दीर्घकालीन लक्ष्य लिएको छ । स्वास्थ्य बिमा ऐन २०७४ को बारेमा प्रदेश नम्बर २ का संयोजक महेश ठाकुरले जानकारी गराए भने प्रमुख प्रशासकीय अधिकृत स्वर्ण घिमिरे लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए ।

उपप्रमुख ईन्दु कुमारी यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com