डिनमा केवल दास निर्वाचित

मनोहर पोखरेल 

राजविराज, १ माघ ।

डिप्लोमा इञ्जिनीयर्स एशोसिएशन (डीन) सप्तरीको अध्यक्षमा राजविराज नगरपालिकाका केवल दास निर्वाचित भएका छन् ।

नवनिर्वाचित जिल्ला अध्यक्ष केवल दासलाई प्रमाणपत्र हस्तान्तरण गर्दै डिनका केन्द्रीय अध्यक्ष कामेश्वरप्रसाद सिंह ।

दासको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको डिनका केन्द्रीय लेखा संयोजक अमरेन्द्रकुमार देवले जानकारी दिए ।
नवनिर्वाचित उपाध्यक्षमा शोभाकान्त देव, सचिवमा शिवनारायण यादव, सहसचिवमा रबिन्द्रकुमार मण्डल र कोषाध्यक्षमा राजकुमार यादव चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा रमेशकुमार यादव, पवित्रनारायण यादव, सत्यनारायण यादव र सत्यजिव सिंह सर्वसम्मतीले चयन भएका छन् । मो. गनीको संयोजकत्वमा गठित सल्लाहकार समितिमा इन्द्रप्रसाद चौधरी, हंसलाल यादव, हरीनारायण यादव र किशोर साह रहेको डिनले जनाएको छ ।
डिनका अध्यक्ष एवं सार्क डिप्लोमा इञ्जिनियर्स फोरमका चेयरमैन कामेश्वरप्रसाद सिंह र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रामकृष्ण सापकोटाले राजविराजमा आयोजित डिन सप्तरीको चौथो जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com