तनहुँको बन्दीपुर गाउँपालिकामा बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ ढावमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।

नारायणगढबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बा ४ ख ५९८८ नं को बस सडकबाट तीव्र गतिका कारण अनियन्त्रित भई खस्दा बसमा सवार १३ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइते भएका यात्रुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । उनका अनुसार घाइतेको अवस्था सामान्य छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ रहेको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com