बृजमान तामाङ
बर्दिवास ९ मंसिर । नेपाल तामाङ घेदुङ प्रदेश नम्बर २ को अधिबेशन एक महिना पछाडी सारिएको छ ।
नेपाल तामाङ घेदुङ प्रदेश नम्बर २ सचिवालयको बर्दिवासमा सोमबार बसेको बैठकले मंसिरमा गरिने भनिएको प्रदेश अधिबेशन पुसमा सारेको हो ।
नेपाल तामाङ घेदुङ प्रदेश नम्बर २ का अध्यक्ष डेनोक मोक्तानको अध्यक्ष तामा सम्पन्न बैठकले मंसिर २१ र २२ गते तय भएको अधिबेशन पुसको २६ र २७ गते सरिएको जनाएको छ ।
अधिबेशनको आबश्यक तयारी नपुगेकोले अधिबेशन सर्नु परेको अध्यक्ष मोक्तानले बताए । पालिका स्तरीय अधिबेशन र बहुसंख्यक जिल्ला भेला हुन अझै बाँकि नै रहेकोेले प्रदेश अधिबेशन सारिएको उनले बताए ।
बैठकले अधिबेशनलाई भब्य बनाउन सक्रिय रुपमा आन्तरिक तयारीमा जुटने तथा तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछारमा गत साल दिएको सार्वजनिक बिदालाई निरन्तरता दिन प्रदेश २ सरकारलाई आग्रह गर्ने समेत निर्णय भएको उपाध्यक्ष यमलाल गोलेले जानकारी दिए दिए ।