तीन दिने अभिमुखिकरण तथा क्षमता विकास तालिम सम्पन्न

उत्सव आचार्य
चैत्र ३ , सप्तरी ।

नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा संचालित सामुदायिक विकास कार्यक्रम ( CDP ) कंचनरुप नगरपालिकाको सहयोगमा स्थानीय जनप्रतिनिधिहरु लाई स्थानीय सरकार संचालन सम्बन्धि तीन दिने अभिमुखीकरण तथा क्षमता विकास तालिम शनिबार समापन भएको छ । कंचनरुप नगरपालिकाका प्रमुख बसन्त कुमारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै नगरपालिकाका उप प्रमुख निरु पोखरेलले नगरलाई कसरी राम्रो बनाउने र जनताले अपेक्षा गरे अनुसार विकासका कार्यक्रमहरूलाई सबै जनप्रतिनिधिहरु एक जुट भई अगाडि बढाउनु पर्ने बताइन् । WFP का क्षेत्रीय संयोजक प्रकाश राईले तालिममा सिकेका कुरालाई व्यवहारमा उतारेर अगाडि बढेमा कंचनरुप नगरपालिका नमुना बन्ने बताए ।

www.kancharup.news
www.kancharup.news

३ नम्बर वडाका वडा सदस्य अोमप्रकाश साहले यो तालिमले बन्द भएको आँखालाई खोल्ने काम गरेको र नकारात्मक सोचलाई त्यागी सकारात्मक सोचमा लाग्न प्रेरणा मिलेको बताए । नगरपालिकाका बालमैत्रि स्थानीय शासनका फोकल पर्सन राजेश कुमार यादव लगायतकावक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए ।प्रशिक्षकहरु संघिय मामिला तथा स्थानीयविकास मन्त्रालयका उप सचिव विष्णु दत्त गौतम,पूर्व स्थानीय विकास अधिकारी विश्वराज डोटेल, WFP का क्षेत्रीय संयोजक प्रकाश राई , CDP कासप्तरी प्रतिनिधि दिनेश अर्यालले तालिममासहभागीलाई प्रशिक्षण दिएका थिए । तालिममा१२ वोटै वडाका जनप्रतिनिधिहरुको सहभागीतारहेको थियो ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com