तेरहौतामा अज्ञात रोगले बंगुर मरेपछि किसान चिन्तित

बृजमान तामाङ

बिरेन्द्र बजार, २४ मंसिर । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ तेरहौतामा अज्ञात रोगले बंगुर मरेपछी बंगुरपालक किसानहरु चिन्तित भएका छ्न ।

स्थानीय कुलानन्द प्रसाद चौधरीले संचालनमा ल्याएको बंगुर फर्ममा अज्ञात रोग फैलिएर एकै दिन ३५ वटा बंगुर मरेपछि किसानहरु चिन्तित भएका हुन ।

मुख सुनिने, शरीरको तापक्रम बढ्ने र जिउ काम्ने लक्षण देखापरेको १ घण्टा भित्र मर्ने गरेको फारम संचालक चौधरीले बताए । सोमबार २ बजे देखि देखिएको रोगको लक्षण मंगलबार १० बजे सम्म ३५ वटा बंगुर मरेको उनलेे जानकारी दिए ।

सोमबार बिहानको आहारा राम्रो खाएको थियो फार्म संचालक चौधरीले भने, दिउँसोको आहार दिन जादा धमाधम बंगुर मरेको देखे । उनले बंगुर मर्न थालेपछि थाहा पाउन साथ स्थानीय ग्रमिन पशुस्वास्थ्य कार्यकर्तालाई बोलाएर उपचार गराएपनी नियन्त्रणमा आउन नसकेको बताए । उनले बंगुर मर्नेक्रम नरोकिएकोले खोरै सुन्ने हुने भयो भन्दै चिन्ता व्यक्त गरे ।

दुई बर्ष अगाडी २२ लाख भन्दा बढी लगानी गरेर १सय ५ वटा बंगुर पालेको चौधरीले बताए । उनले ७ लाखको बंगुर निर्यात गरेको बताउदै आम्दानी लिनेबेलामा रोगफैलिएर लाखौ क्षती भएको दुखेसो सुनाए ।

अज्ञात रोगले रुपनी गाउँपालिकाका भद्र कुमारी लामा, अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का सुबास राई, सन्जमान तामाङ लगायतका दर्जनौ बंगुरपालक किसानहरुले पालेका बंगुर सोही लक्षण देखा परेर मरेको ग्रामीण पशुस्वास्थ्य कार्यकर्ताहरुले बताए ।

यश बारे पशुस्वास्थ्य सम्पर्क केन्द्र सप्तरीका प्रमुख सुर्य नारायण शर्माले रोग रोगफैलिएको बारे जानकारी हुन साथ माथिल्लो निकायमा जाहेर गरि सकेको तथा ल्याबटेष्टका लागि चिकित्सकको टोलि छिटै आउने बताए । उनले रोग परिक्षण पछि मात्रै रोगको पहिचान गर्न सकिने बताए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com