थारु पत्रकार संघ सप्तरीको प्रथम अधिबेशन सम्पन्न

बृजमान तामाङ

बिरेन्द्र बजार , १८ भदौ ।

थारु पत्रकार संघ सप्तरीको प्रथम अधिबेशन बुधबार सम्पन्न भएको छ । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा आयोजित एक समारोहका बीच भगवती प्रसाद चौधरीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति गठन गर्दै अधिबेशन सम्पन्न भएको हो ।

गठित समितिको उपाध्यक्षमा रामनाथ चौधरी, सचिबमा माधुरी चौधरी, सह सचिबमा चन्दन चौधरी र कोषाध्यक्षमा सम्झना चौधरी चयन भएका छ्न । यसैगरी सदस्यहरुमा महेश चौधरी, उमाकान्त चौधरी, सानुबती चौधरी, ललिता चौधरी रहेका छ्न ।

रामनाथ चौधरीको अध्यक्षता तथा थारु पत्रकार संघका केन्द्रिय सदस्य कुलदिप चौधरीको प्रमुख आतिथ्यमा अधिबेशनको उद्घाटन सभामा बोल्दै अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले शुभकामना मनतब्व दिदै थारु पत्रकारहरुको पेशागत सुरक्षाको लागि सधै सहयोग गर्न तत्पर रहेको बताए । पत्रकारिता बिकासको महत्वपूर्ण पाटो रहेको बताउदै अध्यक्ष चौधरीले समाजमा रहेको बिकृतिबिसंगतिलाई निर्भरताको पुर्बक उजागर गर्न उनले आग्रह गरे ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ प्रदेश नम्बर २ का सचिव बृजमान तामाङले थारु लगायत आदिबासी पत्रकारहरुको पत्रकारितामा चासो घट्दै गएको भन्दै चिन्ता व्यक्त गरे । पत्रकारिता क्षेत्रमा थारु र आदिवासी जनजाति पत्रकारको आकर्षण बढाउन पत्रकार महासंघ र राज्यले ध्यान दिनुपर्नेमा उनले जोड दिए । नेकपाका नेता दिनानाथ चौधरीले मिडियामा थारु पत्रकारहरुलाई समाचार लेख्न सिकाउन र टिकाउन थारु आगुवा र जनप्रतिनिधि अग्रसर हुनुपर्नेमा जोड दिए । कार्यक्रममा थारु कल्याणकारी सभा निर्बाचन क्षेत्र नम्बर १ का सभापति उमेश चौधरी, भगवती चौधरी लगायतकाले समेत शुभकामना मनतब्य व्यक्त गरे । सिबान्सु एफएमकि कार्यक्रम प्रस्तोता सम्झना चौधरी द्वारा संचालित कार्यक्रममा स्वागत माधुरी चौधरीले गरिन । नवगठित पदाधिकारीहरुलाई थारु पत्रकार संघका केन्द्रिय सदस्य चौधरीले सपथ ग्रहण गराएका छन् । थारु पत्रकार संघको चितबनमा भदौ २०,२१ र २२ गते हुने माहाधिबेशनलाई लक्षित गरी जिल्ला तथा प्रदेश अधिबेशनलाई तीब्रता दिईएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com