दलित अधिकारकर्मी तथा अभियन्ता घुरन विश्वकर्मा रहेनन्

बोधराज सुवेदी

महुली , २८ असोज । दलित अधिकारकर्मी तथा अभियन्ता घुरन विश्वकर्माको शनिवार राती सडक दुर्घटनामा परी निधन भएको छ।

मोटरसाइकलमा सिराहावाट अग्नीसाईर कृष्णासवरन गाउँपालिका वार्ड नं. २ स्थित आफ्नो घर फर्किरहेका विश्वकर्मालाई विपरित दिशावाट आएको ना.५ ख ६९६ नम्बरको कोशी डिलक्स् वसले पूर्वपश्चिम लोकमार्ग अन्तरगतको रुपनीमा ठक्कर दिएपछि उपचारकोलागि धरान लैजादा गर्दा वाटैमा उनको निधन भएको परिवाजनले जनकारी दिएका छन्।

ठक्कर दिने वस तथा चालकलाई ईलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मृतक विश्वकर्माको एक श्रीमती ,दुुई छोरा र तीन छोरी रहेका छन्।

मृतकको शवलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गरी आइतवार राती निजको पुर्खौली घर सितापुरमा ल्याएर दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जानकारी दियो। यसअघि मृतकको घरमा आयोजित एक कार्यक्रममा उपस्थित विभिन्न राजनैतिक दलका नेताहरु, दलित अधिकारकर्मीहरु ,परिवारका सदस्यहरु ,आफन्तहरु लगायतका उपस्थित सर्वसाधारणले उनको पार्थिव शरिरमा फुलमाला अविर चढाएर श्रद्धाञ्जली अर्पण गरे।

फोटो : मृतक विश्वकर्माको पार्थिव शरिरमा पार्टिको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिंदै।

यसैवीच नेकपाका स्थायी कमिटि सदस्य एवं प्रदेश नं. दुईका प्रमुख प्रतिपक्षी दलका नेता सत्य नारायण मण्डलले विश्वकर्माको पार्थिव शरिरमा पार्टिको झण्डा ओढाएर सम्मान ब्यक्त गरे । सो अवशसरमा नेता मण्डलले विश्वकर्माको निधनले पार्टिलाई ठूलो क्षति भएको वताए। उनले शोकलाई शक्तिमा वदलेर विश्वकर्माको विचार र अभियानलाई अगाडी वढाएमा उनी प्रतिको सच्चा श्रद्धाञ्जली हुने भन्दै पार्टिपंती ,आफन्त लगायत परिवारजनलाई धर्यधारण गर्न आग्रह गरे।

वि.सं. २००५ सालमा जन्मिएका विश्वकर्माले आफ्नो जीवनकालमा दलित अधिकारकोलागि लामो संघर्ष गर्नुको साथै किसान आन्दोलनको नेतृत्व गर्दै लामो समयसम्म अखिल नेपाल किसान संघको सगरमाथा अञ्चल सदस्यको जिम्मेवारी सम्मालेका थिए।

त्यसैगरी तत्कालिन नेकपा एमालेको कामाण्डौं– सप्तरी सम्पर्क मञ्चको सदस्य र हाल नेकपाको गाउँ पालिका कमिटिको सल्लाहाकार सदस्यको जिम्मेवारीमा रहेर काम गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com