दलित, विपन्न र गरिब परिवारका व्यक्तीहरुलाई चिसोबाट बच्नका लागि न्यानो कपडा र दाउरा वितरण

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , २९ पुष । कञ्चनरुप नगरपालिकाले दलित, विपन्न र गरिब परिवारका व्यक्तीहरुलाई चिसोबाट बच्नका लागि न्यानो कपडा र दाउरा वितरण गर्ने कामलाई निरन्तरता दिएको छ ।
नगर प्रमुख बसन्त कुमारको नेतृत्वमा गएको टोलीले मंगलवार वडा नं. १ देखि वडा नं. १२ मा गई प्रत्येक वार्डमा ६० थानका दरले बृद्धबृद्धाहरुलाई चिसोबाट बच्नका लागि वडा अध्यक्षको नेतृत्वमा वितरण गर्ने गरी ब्लाङ्गकेट वडा कार्यलयमै गई हस्तान्तरण गरेको छ ।
वडा कार्यालयले १–२ दिन भित्रै ब्लाङ्गकेट वितरण गरी सक्ने नगरपालिकाले जनाएको छ ।
त्यसैगरी आगो ताप्नका लागि नगरपालिकाका सबै वडामा दाउरा वितरण गर्ने कामलाई समेत निरन्तरता दिएको छ ।
यसअघि नगरपालिकाको सबै वडाका बालविकास केन्द्रका बालबालिबाहरुलाई समेत न्यानो कपडा वितरण गर्ने कार्यलाई सम्पन्न गरिसककेको नगरपालिकाले जनाएको छ ।
चिसोका कारण नगरबासीहरुलाई समस्या नआओस भनेर आफू बढी चिन्तित हुने गरेको र आफ्नै नेतृत्वमा गएर न्यानो कपडा र दाउरा वितरण गर्ने कार्य गरेको नगरप्रमुख बसन्त कुमारले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com