दुधैला खोला जलउपभोक्त समिती पुर्नगठन गर्न माँग

वृजमान तामाङ
बिरेन्द्र बजार सप्तरी , १३ बैशाख ।
दुधैला खोला जलउपभोक्ता संस्था पुर्नगठन गर्न रुपनी गाउँपालिका वडा नम्वर ६का वासीले माँग गरेको छन ।

सुर्य नारायण मेहता, कुलानन्द चौधरी, वद्री नारायण सरदार, शैलेन्द्र यादव लगायतका स्थानीयले सिंचाई डिभिजन कार्यालय राजविराजमा संयुक्त निवेदन दर्ता गराई नयाँ उपभोक्त समिती गठन गर्न माँग गरेका हुन ।
जल उपभोक्ता समितीका अध्यक्ष गोविन्द सिंह थापा मगर वडा अध्यक्ष निर्वाचित भएकोले नयाँ उपभोक्ता समिती गठन गर्न माँग गरेको निवेदक मध्येका सुर्य नारायण मेहताले वताए । जनप्रतिनिधि कूनैपनी उपभोक्ता समितीमा वस्न नपाउने काणुनलाई चुनौती दिदै आर्थिक प्रलोभनमा परि वडा अध्यक्ष मगर उपभोक्ता समितीमा कायम रहेको उनले आरोप लगाएका छन । अध्यक्ष मगर नेतृत्वको उपभोक्ता समितीलाई पटकपटक योजना संचालनमा भएगरेका लागत खर्च के कति हो भनी सुचना माँग गर्दा दिन नमानेको अर्का निवेदक कुलानन्द चौधरीले वताए । ठूलो योजना संचालन भएकोले उपभोक्ता र कर्मचारीको मिलोमतोमा आर्थिक चलखेल भएको उनले आशंका गरे ।

डिभिजन कार्यालय राजविराजमा काणुन विपरितका उपभोक्ता समितीले काम गरेको तथा पुन समिती गठन गरी योजना पारदर्शि गर्न आग्रह गर्दा समेत वेवास्था गरेको शैलेन्द्र प्रसाद यादवले जानकरी दिए । उपभोक्ता समिती पुर्नगठन नगरे अदालत सम्म पुग्ने उनीहरुले चेतावनी दिए ।
सप्तरीको रुपनी गाउँपालिका स्थीत दुधैला खोलामा पानीको दिगो श्रोत नै नभएको क्षेत्रमा हेड ड्याम निर्माण कार्यमा लगानी गरेर करोडौको बजेट दुरुपयोग भएको समाचार सार्वाजानिक हुदा समेत उक्त योजनामा वर्षेनी लाखौ वजेट खर्च गर्दै आएको छ । बर्षा याममा आकाशे पानी परेको बेला मात्र पानीको सतह देखिने स्थानमा सिंचाई डिभिजन कार्यालय सप्तरीले उपलब्धी बिहिन करोडौ वजेट लगानी गर्दै आएको आरोप स्थानीयवासीले लगाउदै आएको छ । करडौ खर्च गरेर भौतिक संरचनाहरु निर्माण गरेर पानीको स्थायी श्रोत नहुदा सरकारले ब्यर्थको बजेट मात्र खर्च गरेको रुपनी गाउँपालिका वडा नम्वर ६ वासीले वताउदै आएका छन ।

दुधैला खोलामा सेक्टर प्लानका निम्ती हेड ड्याम निर्माणका गर्न आएको बजेटलाई जसरी भएपनी तह लगाउने नियतले सिंचाई डिभिजन कार्यालय सप्तरी देखी जनप्रतिनिधीहरु समेत लागी परेको स्थानीयले आरोप लगाएका छन । रुपनी गाउँपालिका वडा नम्वर ६ का पुर्ब प्रोफेसर बशन्त बिश्वकर्माले योजना संचालनमा ल्याउनु खुशीको कुरा भएपनि योजनाले सिमिती केही ब्यक्तीहरु मटाउने बाहेक खासै उपलब्धी नहुने बताए । सिंचाई डिभिजनका कर्मचारी, उपभोक्ता समिती, ठेगेदार र यससंग संग्लग्न ब्यक्तीहरु बहेक यस योजनावाट आम जनताले लाभ लिन नसक्ने उनले भनाई रहेको छ । साबिक तेरहौता गाबिसका उपाध्यक्ष बद्री सरदारले २०५४ सालमा १ करोड बजेट खर्च गरेर वनेको संरचना असफल सावित भई सकेको जानकारी दिदै बर्षेनी पटक—पटक सोही योजना वजेट लगानी गर्नु भनेको वालुवामा पानी हाले सरह हुने बताए । मोटो रकम देखेर आर्थिक प्रलोभनमा नियम विपरित वडा अध्यक्ष गोविन्द सिंह थापा आफै उक्त योजनाको उपभोक्ता समितीको अध्यक्ष वनेको वताउदै लक्षित क्षेत्रमा वजेट खर्च हुनेमा उनले शंका ब्यक्त गरे । उनले नियम विपरित वडा अध्यक्ष उपभोक्ता समितीको अध्यक्ष वनेको जानकारी दिए ।
दुधेला खोला सिंचाई योजना जल उपभोक्ता संस्था तेरहौता सितापुरका अध्यक्ष समेत रहेको रुपनी गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष थापाले आफु बिगत देखी नै उक्त योजनाको अध्यक्ष रहेको बताए । पछिलो पटक समेत उपभोक्त समिती निर्माण गर्ने क्रममा आफुलाई नै आम जनताले समर्थन गरेकोले वाध्य हुनुपरेको वडा अध्यक्ष थापाको कथन छ । उनले आफु वडा अध्यक्षमा निर्वाचित भएपछी उपभोक्ता समितीका अध्यक्ष पदवाट राजिनामा दिईसकेको र उपाध्यक्ष दिनेश साहलाई कार्यवाहक वनाएर योजना संचालनमा रहेको प्रतिक्रिया दिए । यसवारे सिंचाई डिभिजन कार्यालय सप्तरीका प्रमुख ईन्जिनियर राम कुमार खंगसंग वुझ्ने प्रयास गर्दा सम्पर्क हुन सकेन । यस अघि समेत सिंचाई जलउपभोक्ता संस्था र सिंचाई डिभिजन कार्यालयका कर्मचारीको मिलोमतोमा पानी नै नआउने कुलो खनेको भन्दै स्थानियवासीद्धारा व्यापक आलोजना गरेको समाचार सार्वाजानिक भएको थियो ।

सिंचाई योजनामा २०५४ सालमा १ करोड लगानी भएका छन । वर्षेनी विभिन्न वाहानामा लाखौ खर्च हुने गरेका छ भने गत आबमा समेत १ करोड ५० लाख भन्दा वढी रकम खर्च गरेका छन । चालु आवमा ५५ लाखको काम सुचारु अवस्थामा रहेका छन । यद्धपी सिंचाईको कुनैपनि सुविधा स्थानियले उपभोग गर्न पाएको छैन ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com