देश र जनताको लागि सबैथोक त्याग्न तयार छु : नेता साह

वृजमान तामाङ

बिरेन्द्र बजार, २५ असोज । नेपाल कम्युनिस्ट पार्टीका नेता अरुण कुमार साहले देश र जनतको मुक्ति निम्ति सबैथोक त्याग्न तयार रहेको बताएका छ्न ।

नेपाल कम्युनिस्ट पार्टी रुपनी गाउँपालिकाद्वारा रायपुरमा शनिबार बडा दशै, दिपावली छ्ठ र समाचकेवा पर्वको अबसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनलेे यस्तो बताएका हुन ।

अरुण साह

आफ्नो सम्पुर्ण जीवन जनता प्रती समर्पित गरेको बताउदै नेकपा प्रदेश नम्बर २ का सदस्य समेत रहेको साहले ब्याक्तिगत स्वार्थ भन्दा माथी उठेर जनताको समस्या र आबश्यकतालाई प्राथमिकता राखी काम गर्नपर्नेमा जोड दिए । सामान्तबाद, अधिनायकवाद बिरुद्ध लडेर सर्वहारा बर्गलाई अधिकार सप्पन्न बनाउने पार्टीको नीति हो उनले भने, म देश र जनताको मुक्तिका लागि सबैथोक त्याग गर्न तयार छु । देशको बिकास र समृद्धिको निम्ति तनमन र धन सारा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेता साहले ईमान्दारीपुर्वक जनताको सेवामा लाग्न नेताकार्यकर्तालाई आग्रह गरे ।

स्थानीय नेता असर्फी लाल यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा प्रदेश नम्बर २ का सदस्य छेदी रजक, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, उपाध्यक्ष बेच्नी देवी सरदार, वडा नम्बर ४ का अध्यक्ष छेदि ईसर, पत्रकार बृजमान तामाङ, बिन्दु कुमार यादव, नर्मदेव यादवले शुभकामना मनतब्य व्यक्त गर्दै नेकपाद्वारा सर्वपक्षीय कार्यक्रम राखेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा नेकपा सप्तरीका सदस्यहरु मिठु माझी, रामभजु यादव, तेज नारायण यादव,शुभ नारायण यादव, दुर्गानन्द ठाकुर, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष भागवत प्रसाद यादव,शिक्षक संगठन प्रदेश नम्बर २ का सह संयोजक योगेन्द्र प्रसाद साह, अखिल नेपाल किसान महासंघ प्रदेश नम्बर २ का संयोजक हरि नारायण महतो, स्वास्थ्य कर्मी संगठनका केन्द्रिय सदस्य हरि नारायण लौगी ,रायपुरका पुर्व अध्यक्ष मुखिलाल यादव, तेरहौताका दिपक चौधरी,गन्नु साह, भोला प्रसाद यादव , बैधनाथ मण्डल, हिरालाल मण्डल, नेपाली कंग्रेसका गजेन्द्र प्रसाद यादव, शिव कुमार मण्डल, बलाराम माझी लगायकाले शुभकामना मनतब्य व्यक्त गरे । दिप नारायण साहद्वारा संचालित कार्यक्रममा स्वागत अन्जु चौधरीले गरिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com