द्वारीका आचार्य एकता समाजको ५ औँ वार्षिक साधारण सभा तथा गोठ पूजा कार्यक्रम इनरुवामा सम्पन्न

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , २६ मंसिर । द्वारीका आचार्य एकता समाज नेपाल छुलुवार धर्तुङ्ग फाक्टाङ्ग केन्द्रिय कार्यालय इटहरी सुनसरीको बिहिवार इनरुवा –६ हलेशी चौक निवासी मुक्तिनाथ आचार्य (शिवजी ) को निवासमा ५ औँ वार्षिक साधारण सभा तथा गोठ पूजा कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा बोल्दै समाजका ज्येष्ठ सदस्य अमर राज आचार्यले एकता समाजको गठनले द्वारीका आचार्यका सन्तानहरु एक ठाउँमा एकत्रित भई राख्न सफल भएकोमा खुशी व्यक्त गर्दै परम्परा, धर्म , संस्कृति , रिति रिवाजलाई जर्गेना गर्न सफल भएको बताए ।
समाजका संरक्षक द्वय भुवन प्रसाद आचार्य , भोलानाथ आचार्य , प्रा.डा. रितु शर्मा आचार्य बराल , लेखा संयोजक चक्र प्रसाद आचार्य लगायतका वक्ताहरुले आचार्य बन्धुहरु संगठित भई अगाडि बढ्दा अपनत्व कायम गर्न सघाउ पुगेकोमा खुशी व्यक्त गर्दै समाजले रचनात्मक कृयाकलापहरु गरी नमुना बन्नु पर्नेमा जोड दिए ।
समाजका सचिव केशव आचार्यले सांगठनिक तथाप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष दिपेन्द्र आचार्यले सदस्यताबाट उठेको १ लाख ७४ हजार ५ सय ५ र भित्तेपात्रो , बंशावली विक्रिबाट प्राप्त रकम र ब्याजबाट प्राप्त रकम गरी २ लाख ९७ हजार २ सय २५ रुपिँया कोषमा जम्मा रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा समाजका ज्येष्ठसदस्यहरु लोक कुमारी आचार्य , इन्दिरा शर्मा आचार्य , तुलसीराम आचार्य , टीकाप्रसाद आचार्यलाई सम्मान–पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने समाजको ५ औँ पुस्तामा छोरी तर्फ एम.बिबि.एस , एम.डिए. गर्ने प्रा.डा. रीतु हर्मा आचार्य बराल र छोरा तर्फ एम.बिबि.एस. गर्ने डा. अनिल आचार्य पहिलो व्यक्ति भएकोले सम्मान–पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यसैगरी २०७४ सालको एस.इ.इ. परीक्षामा उत्कृष्ट अङ्क ल्याउने बिठ्ठल आचार्य ३.७५ जिपिए, स्नेहा आचार्य ३.३० जिपिए, मनिषा आचार्य ३.२५ जिपिए, संचिता आचार्य ३.२५ जिपिए ल्याएकोमा समाजकोतर्फकाट जनही नगद रु. ५ सय सहित प्रशंसा–पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।
सो कार्यक्रमबाट सदस्यलाई ऋण लगानी गर्ने, ऋण लगानी गर्दा सदस्यलाई मात्र लगानी गर्ने, रकम अति आवश्यक भएका सदस्यलाई मात्र लगानी गर्ने , ऋण लाने सदस्यले ३–६ महिना भित्र ऋण चुक्ता गनुपर्ने, बंशावलीलाई परिमार्जन सहित दोस्रो संस्करण छपाउने जस्ता महत्वपूर्ण निर्णय गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

गोठ पूजामा गोष्ठादी, महारुद्र, काँड ब्रह्मा, ऐरी, गैंडु गोसाई सन्सारी , बाहिरजाने खायमान, लुढासुर जस्ता भगवानको पूजा गरी गोठपूजा सम्पन्न गरिएको कुलका पुजारी श्रीप्रसाद आचार्यले बताए ।
स्वागत मन्तव्य उपाध्यक्ष रामप्रसाद आचार्यले गरेका थिए भने समाजका अध्यक्ष नवराज आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com