धनगढीमाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखले रकम हिनामिना गरेको आरोप

बृजमान तामाङ/

बिरेन्द्र बजार, २ फागुन । सिराहाको धनगढीमाई नगरपालिकाकाका स्वास्थ्य स्वंयम सेविकाहरुले स्वास्थ्य शाखा प्रमुखले रकम हिनामिना गरेको आरोप लगाएका छ्न ।

धनगढीमाई नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिलट नारायण राय र सिनियर अहेव सुरतलाल चौधरीले रकम हिनामिना गरेको आरोप लगाउदै उनिहरुले नगरपालिकाको कार्यालयमा निबेदन दर्ता गराएका हुन ।

स्वास्थ्य स्वायम सेबिका दिवस मनाउन संघीय सरकार र विभिन्न संघसंस्थाबाट संकलित रकम दुबै जनाले मिलेर हिनामिना गरेको महिला स्वास्थ्य स्वयंम सेविकाहरुले आरोप लगाएका छ्न । संकलित रकम खर्च नगरी भ्रष्टाचार गरेकोले स्वास्थ्य शाखाबाट दुबैजनालाई अन्यत्र सरुवा गर्न माँग राखी निवेदन दर्ता गराएको स्वास्थ्य स्वयंम सेबिका जानुका आचर्यले बताईन ।

स्वास्थ्य शाखा जस्तो पबित्र र गरिमामय कार्यालयलाई कलंक लाग्ने गरि गरिएको अनियमिततामा संमलग्न दुबैजनाको सरुवा र कानुन बमोजिम कार्बाही नगरिए कडा संघर्ष मा उत्रनु बाध्य हुने अर्का महिला स्वास्थ्य स्वयंम सेविका फुल कुमारी मेहतले जानकारी दिईन ।

प्रमुख प्राशासकिय अधिकृत गजेन्द्र नाथ शर्मालाई बुझाएको निबेदनमा ४२ जना स्वास्थ्य स्वयंम सेविकाहरुले हस्ताक्षर गरेका छ्न । यस बारे राय र चौधरीसंग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com