धनुषाको विभिन्न स्थानबाट अबैध ९ सय गाँजाको बोट फडानी गरि नष्ट

जनकपुरधाम , ३ मंसिर ।

जिल्ला प्रहरी कार्यालय जनकपुरको मातहतमा रहेको ईलाका प्रहरी कार्यालय सवैला धनुषाबाट खटिगएको प्रहरी टोली मंगलबार अबैध रुपमा लगाइएको ८ सय गाँजाको बोट फडानी गरि नष्ट गरेको छ ।

प्रहरीले धनुषा शहिदनगर नगरपालिका वडा नं. १ बालाबाखर र बगबान स्थित रहेको किसानहरुको खेतमा लगाएको अबैध ८ सय गाँजाको बोट फडानी गरी स्थानीय भद्रभलादमी, बुद्धिजिवीहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ  ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय फुलगामा, सिमा प्रहरी चौकी जटही र प्रहरी चौकी बहेडाबेला धनुषाबाट समेत खटिगएको प्रहरी टोलीले धनुषा मुखियापट्टी मुसहरनिया गाउपालिका वडा नं. ६ स्थित विभिन्न व्यक्तिहरुले खेतबारीमा लगाएको अबैध ५० ओटा गाँजाको बोट फडानी गरी स्थानीय भद्रभलादमी, बुद्धिजिवीहरुको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ  ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com