धनुषा प्रहरीद्वारा अबैध रुपमा लगाइएको गाँजा खेती नष्ट

धनुषा , ७ मंसिर ।

धनुषा प्रहरीले अबैध रुपमा लगाइएको गाँजा खेती नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षकको कमाण्डमा गस्तिमा खटिगएको टोलीले जिल्ला धनुषा नगराईन नगरपालिका ८ खिरखिरिया स्थित योगेन्द्र साहको आगन र बारीमा लगाएको अवैध लागु औषध गाँजाको बोटहरु फडानी गरी नष्ट गरेको हो ।

उक्त अबैध रुपमा लगाइएको गाँजाको बोट  स्थानीय भद्रभलादमी, बुद्धिजिवीहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com