धर्मेश्वर महादेव धारापानी पर्यटन क्षेत्रमा ३० लाखको लागतमा सामुदायिक भवन निमार्ण हुने

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , २५ पुष । सप्तरीको नमूना पर्यटकिय स्थल कञ्चनरुप नगरपालिका –१२ धरमपुर स्थित रहेको धर्मेश्वर महादेव धारापानी पर्यटन क्षेत्रमा सामुदनयिक भवन बन्ने निश्चित भएको छ ।
सो पर्यटन क्षेत्रमा शुक्रवार राष्ट्रिय सभाका सांसद सुमनराज प्याकुरेलले सामुदायिक भवनको शिलान्यास गरेपछि सामुदायिक भवन बन्ने निश्चित भएको हो ।
सो कार्यक्रममा बोल्दै सांसद प्याकुरेलले जैविक विविधता र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको रमणिय पर्यटन क्षेत्रको विकासका लागि तीनै तहका सरकारले सहयोग गरी यस क्षेत्रलाई नमूना बनाउनु पर्नेमा जोड दिए ।
नेपाल सरकारको तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत ३० लाखको लागतमा सामुदायिक भवन निमार्ण हुने बताए ।
नगर प्रमुख बसन्त कुमारले कञ्चनरुप नगरपालिकाको गहनाको रुपमा रहेको यस पर्यटन क्षेत्रको विकासका लागि नगरपालिकाले दत्तचित्त भएर काम गर्ने र नगरपालिकाको श्रोत साधनले मात्र यस पर्यटन क्षेत्रको विकास गर्न सम्भव नभएकाले प्रदेश सरकार र संघिय सरकारको सहयोग भएमा यस क्षेत्रलाई नमूना बनाएर देखाउने बताए ।
उप–प्रमुख निरु पोखरेलले पर्यटकको रोजाईमा रहेको यस पर्यटन क्षेत्रमा चिल्ड्रेन पार्क , ताल निमार्ण , पानीको व्यवस्था , थप ट्वाइलेटको व्यवस्था , बिजुली बत्तिको विस्तार गर्न नगरपालिकाले काम गरिरहेको हुँदा यस क्षेत्रको विकासका लागि प्रदेश सरकार र संघय सरकारले सहयोग गरेमा सप्तरीको मात्र नभइ प्रदेश नं. २ कै नमूना पर्यटन क्षेत्र बनाएर देखाउने बताइन् ।
नेकपाका जिल्ला कमिटि सदस्य भुवन बहादुर केसी , १२ नम्बर वडाका वडा अध्यक्ष देवी बहादुर खत्री , शिक्षा शाखाका ललित नारायण यादव लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
यस क्षेत्रमा वैशाख महिना देखि चैत्र महिनासम्म वनभोज खान र दृश्य अवलोकन गर्न करिब ४–५ लाखको हाराहारीमा आन्तरीक तथा बाह्रय पर्यटकहरु आउने गरेको पर्यटन क्षेत्र विकास समितिले बताएको छ ।
पर्यटन क्षेत्रका अध्यक्ष लिलबहादुर मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com