धार्मिक पर्यटकीय स्थल खोतरदेवी गुफाको महत्त्व बुझेपछि पूजापाठ गर्ने भक्तजनहरुको घुइचो

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , १ वैशाख ।

सप्तरीको कञ्चनरुप नगरपालिका – ११ स्थित रहेको धार्मिक पर्यटकीय स्थल खोतरदेवी गुफामा आइतबार  पूजापाठ गर्ने भक्तजनहरुको घुइँचो लागेको छ ।

खोतरदेवी गुफा

रुपनगर चौकदेखि ३ किलोमिटर पश्चिम बक्साहा चौकबाट २ किलोमिटर उत्तर रहेको खोत्तर देवी गुफामा वर्षको पहिलो दिन वैशाख १ गते पूजापाठ हुने र मेला लाग्ने गर्दछ ।

यस ठाउँमा मेला पनि लाग्ने गर्दछ

यस ठाउँमा नेपालका विभिन्न ठाउँ र भारतका विभिन्न ठाउँबाट पूजापाठ गर्न र मेला गर्न भक्तजनहरु आउने गर्दछन । अरु साल भन्दा यस साल पनि भक्तजनहरु उल्लेख्य मात्रामा आएको पाइयो ।

यस ठाउँमा भगवान महादेवले तपस्या गरेर बसेको बेला भस्मासुर राक्षस आई महादेव सँग बर मागे, कस्तो वर मागे भने जसको तालुमा मेरो हात राख्छु त्यो भस्म होस भनेपछि महादेवले तथास्तु भनि वरदान दिए त्यसपछि भस्मासुरले महादेवकै तालुमा हात राखेर परिक्षण गर्ने भनेपछि महादेवले खोतर देवीको जंगललाई प्वाल बनाइ त्याहा देखि उदयपुरको छितलाङ्ग हुदै खोटाङको हलेशीको गुफामा गएर लुके त्याहा लुकेको भस्मासुरले थाहा पाई महादेव नजिक पुग्दा त्यहाँ बाट पनि महादेव भाग्नलागेको भगवान बिष्णुले थाहा पाई अब भस्मासुरले महादेवलाई मार्ने भयो अब केही उपाय गरि महादेवलाई जोगाउनु पर्छ भनि अप्सराको रुप धारण गरि भस्मासुर भएको ठाउँमा नाच्न थालेपछि भस्मासुर राक्षसको हत्केला आफ्नै तालुमा लगि भस्म भएको धार्मिक इतिहास रहेको पाइन्छ । खोतरदेवी नभएको भए हलेशी पनि रहने थिएन् भन्ने स्थानीयको भनाइ छ ।

सो गुफा नजिक अजम्बरी दह छ , सो दहमा नुहाउनाले तथा पुरानो लुगा चढाउनाले रोग निको हुने र सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहेको पाइन्छ । सो दह कहिले नसुक्नाले त्यसको नाम अजम्वरी दह रहेको हो । सोही गुफादेखि पूर्वपट्टि भिमसेन थान छ । त्यहाँ बोका , पाठी , परेवा , हाँस , कुखुराको बलि दिने गरिन्छ । सो ठाउँमा बलि दिनाले चिताएको पुरा हुने पुजारी हर्खु धामीले बताए ।

अजम्बरी गुफा

यसपालि ३ सय ७५ बोका , पाठी , परेवा , हाँस , कुखुराको बलि दिइएको धामीले बताए ।

खोतरदेवी गुफामा परेवा , बिरालो , भान्टा चढाउने गरिन्छ । सो चढाउने शरीरमा भएको घाउ खटिरा रोगहरु निको भएर जाने जनविश्वास रहेको पाइन्छ ।

भिमसेन थानमा बलि दिदै

प्रत्येक वर्षको वैशाख १ गते यहाँ भव्य मेला समेत लाग्ने गरेको छ । गत साल भन्दा यसपालि उल्लेख्य मात्रामा मेला भर्न विभिन्न ठाउँबाट मानिसहरू आएका थिए । सप्तरी , सिरहा , उदयपुर , सुनसरी र भारतको बिहार राज्यका विभिन्न ठाउँबाट मानिसहरू मेला भर्न आएको कुरा मेला आयोजक समितिले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com