नगरस्तरीय बालमैत्री स्थानीय शासन समितिको समिक्षा बैठक सम्पन्न

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , २५ चैत्र ।

कञ्चनरूप नगरपालिकाको सभाहलमा सोमबार नगरस्तरीय बालमैत्री स्थानीय शासन समितिको समिक्षा बैठक सम्पन्न भएको छ ।

कञ्चनरूप नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्नका लागि नगर स्तरीय ३ दिने अनुगमन गरी त्यसबाट प्राप्त भएका प्रतिफलका बारेमा समिक्षा बैठक गरिएको हो । 

सो बैठकमा बोल्दै नगर प्रमुख बसन्त कुमारले हामी बालमैत्री घोषणा गर्ने अन्तिम चरणमा पुगेका छौं बाँकी रहेको काम र सुचकहरु लाई ३ दिन भित्र पुरा गर्न निर्देशन समेत दिए ।

कामको मूल्यांकन हुने र राम्रो काम गर्नेलाई पुरस्कृत समेत गरिने कुराको जानकारी समेत गरे ।

उपप्रमुख निरु पोखरेलले बाँकी रहेका सुचकहरुलाई चाडैं पुरा गरि बालमैत्री अभियानमा लाग्न सबैलाई आग्रह गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्र , बालमैत्री स्थानीय शासनका फोकल पर्सन राजेश कुमार यादव , युनिसेफकी सर्मिला पौडेल लगायतका वक्ताहरूले सबै सुचकहरु पुरा गरि बालमैत्री घोषणा गर्ने महा अभियानमा लाग्न सबैलाई आग्रह गरे ।

सो बैठकले बाँकी रहेका सुचकहरुलाई ३ दिनभित्र पुरा गर्नका लागि कार्य विभाजन गरि जिम्मेवारी समेत दिइएको छ ।

वडा नम्बर १, ३,४ र १० मा प्रेस सल्लाहकार उत्तम आचार्य , सहजकर्ताहरु सुशीला चौधरी , निशा तिम्सिना र पिन्टु सदा , वडा नम्बर २,९,११ र १२ मा वडा सचिव मिरा भट्टराई , सि.एफ.एल.जी . समितिका सविता न्यौपाने , सहजकर्ताहरु जितेन्द्र साह , संजु बुढाथोकी , रंज्योती चौधरीलाई जिम्मेवारी दिई खटाइएको कुरा फोकल पर्सन यादवले बताए ।

बालमैत्री स्थानीय शासन समितिका संयोजक नगर प्रमुख बसन्त कुमारको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com