नगर प्रमुख बसन्त कुमारद्वारा शंकर मा.वि. रुपनगरको अनुगमन तथा निरीक्षण

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , १७ माघ ।

कञ्चनरूप नगरपालिकाका नगर प्रमुख बसन्त कुमारले बिहीबार शंकर मा.वि. रुपनगरको अनुगमन निरीक्षण गरेका छन् ।

निरीक्षण गर्दै नगरप्रमुख , वडा अध्यक्ष र प्रेस सल्लाहकार

निरीक्षण गर्दै नगर प्रमुख बसन्त कुमारले शिक्षकहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरी क्षमतावान विद्यार्थी बनाउन निर्देशन दिए भने विद्यार्थीहरूलाई आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै सकारात्मक सोचका साथ विद्यालय अनिवार्य रुपमा आई अध्ययन गर्न आग्रह गरे ।

विद्यार्थीहरुले प्रतिबद्धता जाहेर गर्दै

विद्यार्थीहरुलाई सरस्वतीका नाममा कसम लिन लगाई कम्तीमा पनि घरमा चार घण्टा पढ्ने कुराको प्रतिबद्धता गर्न लगाए भने विद्यार्थीले पनि सोही अनुसार गर्ने र असल विद्यार्थी बन्ने प्रतिबद्धता जाहेर गरे ।

सोही क्रममा नगर प्रमुखले रुपनगर नन्दराज संग्रौला क्याम्पस कञ्चनरूप -१२ रुपनगरको निर्माणाधीन भवनको समेत निरीक्षण गरेका थिए ।

***Advertisement

सोही टोलीमा १२ नम्बर वडा का वडा अध्यक्ष देवी बहादुर खत्री , प्रेस सल्लाहकार उत्तम आचार्य समेतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com