नव आगन्तुक विद्यार्थीहरुलाई सङ्गठित गर्दै अनेरास्ववियूद्धारा कक्षा कमिटी गठन

भक्तपुर , १६ मंसिर ।

अनेरास्ववियू भक्तपुर बहुमुखी क्याम्पस कमिटिद्धारा क्याम्पसमा अध्ययनरत नवआगन्तुक विद्यार्थीहरुलाई प्रशिक्षण गर्दै सङ्गठनमा गोलबद्ध भई आफ्नो नेतृत्वसीप र व्यक्तित्वको विकास गर्न र शैक्षिक क्षेत्रमा भएका अराजकता, विकृति र विसङ्गतीका विरुद्ध एक भएर आवाज उठाउँन बिए र बिबियस प्रथम वर्षमा अध्यनरत विद्यार्थीहरुको भेला गराई कक्षा कमिटीहरु गठ्न गरेको छ ।

बिए प्रथम वर्षमा अध्यनरत नवीन रिजालको अध्यक्ष्यतामा, सर्मिला तामाङ्ग , उपाध्यक्ष केशव घिमिरे , सचिव उर्मिला बुढाथोकी, आकृति कार्की, अनिसा प्रजापति र उषा बस्नेत सहसचिव र सानु सिल्पकार कोषाध्यक्ष रहने गरि ३३ कमिटि गठ्न गरियो भने बिबियस प्रथम वर्ष बि सेक्सनमा अध्यनरत दिपेश चौधरीको अध्यक्ष्यतामा वन्दना म‌ैनाली र मोनिका थापा उपाध्यक्ष, सुवास तामाङ्ग सचिव, विना सुवाल,रमिला थापामगर,उमेश तामाङ्ग र विशाल तामाङ्ग सहसचिव र मालती मंग्राती कोषाध्यक्ष रहने गरि ४५ कमिटि गठ्न गरिएको विद्यार्थी नेता अन्जना विसुन्केले बताइन् ।
गठ्न प्रक्रियामा दिपेश बिसुन्के,प्रकाश शर्मा, संगित दाहाल, सुमन कुँवर, अन्जना विसुन्के लगायत विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो भने अन्य संकायहरुमा पनि गठ्न प्रक्रिया अगाडि बढ्दै जाने र विद्यार्थीहरुलाई राजनीतिक रुपमा प्रशिक्षित गर्दै क्याम्पसमा भएका शैक्षिक विकृति र विसङ्गतीहरुलाई जरैदेखि निर्मुल पार्न समृद्ध भक्तपुर क्याम्पस निमार्ण गर्न र विद्यार्थीहरुको सुख दुःखको सारथी बन्न सबैलाई गोलबद्ध गरि सङ्गठित गर्नु परेको अनेरास्ववियू भक्तपुरका विद्यार्थी नेता दिपेश बिसुन्केले बताएका छन् ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com