नागरिक समुदाय र सरकारी वकिल बीच अन्तर संवाद कार्यक्रम सम्पन्न

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , २७ फागुन ।

उच्च सरकारी वकिलको कार्यालय राजविराज सप्तरीले सोमबार कञ्चनरूप नगरपालिका १२ नम्बर वडा कार्यालय रुपनगरमा वडा नम्बर ९ र १२ का नागरिक समुदाय र सरकारी वकिल बीच अन्तर संवाद कार्यक्रम सम्पन्न गरेको छ । 

सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमारले बृहत रुपमा कानुनका बारेमा जनतामा जनचेतना फैलाउन आवश्यक रहेको बताए ।

उपप्रमुख निरु पोखरेलले जनतालाई सरल तरिकाले कसरी न्याय दिन सकिन्छ भन्ने कुरामा नगरपालिकाको न्यायीक समितिले कार्य गरी रहेको जानकारी गराइन् ।

उच्च सरकारी वकिल कार्यालयका नि. सहन्यायाधिवक्ता नारायण बहादुर थापाले जिल्ला निशुल्क कानुनी सहायता समितिले स्थानीय निकायको सिफारिसमा असाह्य गरिबका लागि निशुल्क मुद्दा हेरिने कुराको जानकारी गराए ।

वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्री , उप- न्यायाधीबक्ता भोला निरौला , ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब निरीक्षक रमेश कुमार दाहाल लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए ।

सो कार्यक्रममा समुदाय भन्नाले कसलाई बुझिन्छ , सरकारी वकिल र कानुन भनेको के हो , सरकारवादी फौजदारी मुद्दा कसलाई भनिन्छ , अनुसन्धानका समुदायले के कसरी सहयोग गर्न सक्छन् , फौजदारी मुद्दाको कार्यविधि विशेष हुने कुरा , मुद्दा दायर पछिको समुदायको सहयोग , अदालतमा झुठो बकेमा के हुन्छ भन्ने बारेमा नि. सहन्यायाधिवक्ता नारायण बहादुर थापा र उप न्यायाधिवक्ता भोला निरौलाले समुदायलाई जानकारी गराएका थिए । 

नि. सहन्यायाधिवक्ता नारायण बहादुर  थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com