नेकपाले टुंगो लगायो प्रदेश प्रमुखको नाम

काठमाडौं , १८ कार्तिक । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सोमबार मध्यान्ह बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखको नाम टुंगो लगाएको छ ।

बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा) गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौँ) र विष्णु प्रसाईँ (झापा) को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको बैठकपछि नेकपा  महासचिव विष्णु पौडेलले जानकारी दिए । यद्यपि कसलाई कुन प्रदेशको प्रमुखको जिम्मेवारी दिने भन्नेचाहिँ मन्त्रिपरिषद्ले टुंगो लगाउने उनको भनाइ छ  ।

नेकपा सचिवालय बैठक लगत्तै अहिले केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्नेछ । बैठकले निर्णयपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नेछ ।
प्रदेश प्रमुखको आज नै पद तथा गोपनियताको सपथ हुने नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com