नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाम राखेर अन्य व्यक्तिले तत्काल दल दर्ता गर्न नपाउने

काठमाडौ , जेठ २४ : २ ठूला दलको एकिकरणले कानूनी मान्यता पाएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाम राखेर अन्य व्यक्तिले तत्काल दल दर्ता गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले तत्कालिन पार्टीका नाम, झण्डा र चुनावचिन्ह अन्य कुनै दलले प्रयोग गर्न नपाउने प्रष्ट पारेको हो ।
एमाले र माओवादी एकीकरण गरेर बनेको
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता नम्बर १६५ रहेको जानकारी आयोगले दिएको छ । नेकपाको चुनाव चिन्ह सूर्य र हँसिया हथौडा अंकित झण्डा रहने भएको
छ । दल दर्ताको प्रमाणपत्र बुझ्न नेकपाका महासचिव विष्णु पौडेल, संसदीय दलका नेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङसहितका नेता आयोगमा पुगेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दल दर्ताको प्रमाणपत्र दिएपछि आयोगका सचिव बेगेन्द्रराज पौडेलले बिहीबार
विज्ञप्तिमार्फत राजनीतिक दल।सम्बन्धी ऐनको दफा १० बमोजिम एमाले र।माओवादीको नाम तथा चिन्ह अरुले
प्रयोग गर्न नपाउने जनाएका छन् । राजनीतिक दल सम्बन्धी ऐनको दफा १० को उपदफा ७ मा दल एकीकरण भएमा एकीकरण हुनु वा गाभिनुअघि त्यस्ता दलले प्रयोग गरेको नाम, झण्डा वा चिन्ह एकीकरण भएको वा गाभिएको मितिले एक वर्षसम्म कसैले प्रयोग गर्न सक्ने छैन भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ-निर्वाचन आयोगमा दल दर्ता नम्बर ३२ मा रहेको नेपाल कम्युनिस्ट पार्टी एमाले र दर्ता नमबर ३७ मा रहेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले प्रयोग गरेको यसै दललेएकीकरण भईमाग गरेको बाहेकका नाम, झण्डा र चिन्ह राजनीतिक दल सम्बन्धी ऐनको दफा १० को उपदफा ७ बमोजिम कुनै
दलले प्रयोग गर्न पाउने छैनन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com