नेकपा कञ्चनरुप नगर कमिटीले अधिकारीको निधन प्रति दुख व्यक्त गर्दै तीन दिनसम्म शोक मनाउनुका साथै पार्टीको झन्डा आधा झुकाउने

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , १६ फागुन ।

नेपाल कम्युनिस्ट पार्टी कञ्चनरूप नगर कमिटीले बिहीबार कंचनपुरमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं वर्तमान सरकारका नागरिक पर्यटन तथा संस्कृति मन्त्री को दुर्घटनामा परि निधन भएकोमा गहिरो दुख प्रकट गरेको छ । 

पार्टीको केन्द्रीय सर्कुलर अनुसार पार्टी कार्यालयमा ३ दिनसम्म शोक पुस्तिका राखी शोक पुस्तिकामा हस्ताक्षर गर्ने र पार्टीको झन्डा आधा झुकाउनु का साथै पार्टीको अौपचारीक कार्यक्रमहरु नगर्ने जनाएको छ ।

पहिलो दिनको शोक पुस्तिकामा हस्ताक्षर गर्नेहरुमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटीका सदस्य एवं प्रदेश नम्बर २ का इन्चार्ज सत्यनारायण मण्डल , केन्द्रीय सदस्य अशोक मण्डल ( अमर ) , प्रदेश कमिटीका सदस्यहरू मानपुर चौधरी , आशरा चौधरी , मो. कलिम , भरत प्रसाद महतो , मनाइ महतो , कञ्चनरूप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार लगायत नेताकार्यकर्ताहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । 

मन्त्री अधिकारी लगायत ७ जना सवार हेलिकप्टर गत बुधबार दुर्घटना हुदा सातै जनाको घटना स्थलमै निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com