नेकपा कञ्चनरूप सप्तरीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , ८ कार्तिक ।

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) कञ्चनरूप नगरपालिका सप्तरीले शुक्रबार कञ्चनरूप -१२ स्थित रहेको पार्टी प्यालेसमा विजया दशमी , नेपाल संवत् १४४० , छठ तथा समाचखेवा पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रममा बोल्दै नेकपाका स्थाई कमिटी सदस्य एवम् प्रदेश नं. २ का इन्चार्ज सत्यनारायण मण्डलले नेपालमा ठुलाठुला परिवर्तनहरु भए तर नेपाली जनताको जीवनमा शुख शान्ति समृद्धि र परिवर्तन आउन नसकेकोमा दुख व्यक्त गर्दै अब कम्युनिस्ट पार्टीको सरकारले सुखी नेपाली समृद्ध नेपाल भन्ने नारालाई सार्थक बनाउदै विकास निर्माणका कामलाई तिब्रताका साथ अगाडि लाने बताए ।

प्रदेश नम्बर २ मा भ्रष्टाचार र सामन्ती संस्कारले गर्दा विकासले गति लिन नसकेको र सोचमा परिवर्तन नआएसम्म समाजमा परिवर्तन नआउने बताए ।

नेकपाका केन्द्रीय सदस्य एवम् प्रदेश नम्बर २ का सचिव सुमनराज प्याकुरेलले अहिले सरकारले विकासको जग मात्रै खडा गरेको छ त्यो देखिदैन अब पिलर खडा गर्छ र ६ महिनाभित्र छत ढलान गरि दुनियाँले थाहा पाउने गरि विकास गरेर देखाउने दाबी गरे ।

” सुखी नेपाली समृद्ध नेपाल ” भन्ने नारालाई सफल पार्नका लागि नेकपाका नेता तथा कार्यकर्ताहरुको काधमा जिम्मेवारी आएको हुदा सोही अनुसार काम गर्न निर्देशन समेत दिए ।

हामी कसैको दास बन्न चाहदैनौ भारत र चीन सँग उत्तिकै सम्बन्ध कायम गर्न चाहन्छौं र विकासका नाममा कसैसँग सम्झौता नगर्ने प्याकुरेलले बताए ।

नेकपाका कार्यकर्ता कस्तो हुनुपर्छ भन्ने सांसद प्याकुरेलले गरे खुलासा ; एकपटक हेर्ने पर्ने भिडियो

साम्राज्यवादी र प्रतिक्रियावादीहरुले नेकपाका नेताहरू बीच द्वन्द छ भनेर भ्रम छरिरहेको हुदा त्यस्तो भ्रममा नपर्न सबैलाई आग्रह गरे । नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्ड बीच कुनै बिवाद नरहेको बताए ।

अहिले नेपालमा कम्युनिस्टहरु उदयमान भएर आएको साथै विकासले गतिल लिएको देखेर प्रतिक्रियावादीहरु अत्तालिएको समेत उनले बताए ।

नेकपाका केन्द्रीय सदस्य एवं सप्तरी इन्चार्ज रामप्रित पासवानले लोकतन्त्रलाई संस्थागत गर्नमा नै सरकारको ध्यान केन्द्रित भएकोले विकासले गति लिन नसकेको बताउँदै अबका दिनमा जनतालाई महशुल हुनेगरी सरकारले विकास निर्माणलाई अगाडि बढाउने दाबी गरे ।

कञ्चनरूप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार, सप्तकोसी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्मा गौतम , नेपाली काङ्ग्रेसका महासमिति सदस्य जितबहादुर श्रेष्ठ , राप्रपाका क्षेत्रीय अध्यक्ष नारायण बहादुर मिश्र लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए ।

सोही अवसरमा राष्ट्रिय जनता पार्टी परित्याग गरी रामसेवक प्रणामी , जगरनाथ मण्डल , बुद्धिलाल राम ,ओमनारायण प्रणामी , राजाराम माझी नेकपामा प्रवेश गरेका थिए । नव प्रवेशिहरुलाई नेकपाका थाई कमिटी सदस्य मण्डलले अबिरको टिका लगाएर पार्टीमा प्रवेश गराएका थिए ।

स्थानीय कलाकारहरूद्वारा नृत्य प्रस्तुत गरी नेता तथा दर्शकहरूलाई मनोरञ्जन दिएका थिए ।

स्वागत मन्तव्य प्रतिनिधि सभाकी सांसद सरिता गिरी यादवले गरेकी थिइन् भने प्रदेश कमिटी सदस्य आसरा चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com