नेपालका सुजन बने भारतको डान्स प्लस फोरमा फस्ट रनरअप

नेपालका युवा डान्सर सुजन मार्फा तामाङ भारतकाे चर्चित डान्स रियालिटी शाे डान्स प्लस फाेरकाे फस्ट रनरअप भएका छन् । विभिन्न चरणका प्रतिस्पर्धामा उत्कृष्ट डान्स गर्दै सुजनले सबैको मन जितेका छन् । नेपालका उदयमान डान्सर सुजनले भारतको चर्चित रियालिटी शोमा सहभागीता जनाएर देशको मन चिनाएका छन् । डान्स प्लस फोरको फाइनलमा पुगेका सुजन आफ्नो उत्कृष्ट डान्स प्रस्तुत गर्दै गर्दा पनि भोटको कारण फस्ट रनरअपमै सिमित भएका छन् । भने महाराष्ट पुनेका चेतन सालुन्खेले डान्स प्लस फोरको ट्रफी उचालेका छन् ।

अडिसनबाटै जजहरूकाे मन जीतेका सुजन र आसाम भारतकी अर्कि प्रतिस्पर्धी आंचल शर्मा मालाकारलाई एकै ग्रुपमा राखेका थिए । एकै प्रकारको डान्स गर्नसक्ने भन्दै सुजन र आंचललाई जोडी बनाइएको थियो । नेपालमा विभिन्न डान्स प्रतियोगिताको उपाधि जितिसकेका सुजन मार्फा तामाङ नेपालमा धेरैले सुनेको मन हो। पछिल्लो केहि समय यता सुजनले विभिन्न म्युजिक भिडियो समेत खेलिसकेका छन् । यतिबेला भारतमा तहल्का पिटिरहेका सुजन एक वर्ष पहिले भारतकै अर्को चर्चित डान्स रियालिटी शो “डान्स इन्डिया डान्स” मा समेत गएका थिए। तर उनि उक्त रियालिटी शोमा पनि टप ६ सम्म पुग्न सफल भएका थिए । सुजन मार्फा तामाङ डान्स इन्डिया डान्समा कम भोटका कारण फाइनलमा पुग्न सकेका थिएनन् भने हाल ‘डान्स प्लस ४’ को फाइनलमा पुगेका उनि पुनः भोट कै कारण फस्ट रनरअप भएका छन ।

नेपालका सुजन र आसामकी आँचलले संगै डान्स गर्दै सबैको मन मात्र जितेनन डबल प्लस पोइन्ट ल्याउदै सबैलाई चकित समेत पारे । सुजन र आंचलले गरेका धेरै मुभ्सहरुले जज मात्रै होइन कार्यक्रममा आएका सेलिब्रेटी जजहरुलाई समेत अचम्मित परेका थिए । यस अघि पनि भारतका डान्स रियालिटी शोमा सहभागी भइ अन्य नेपालीले पनि सबैको मन जितेका थिए । जसमध्य लिरिकल डान्सको रुपमा चिनिने सुसान्त खत्री सबै भन्दा बढी सुनिएको नाम हो । हरेक लिरिकमा फरफ फरक मुभ्स गर्न सक्ने सुशान्तको डान्सका फ्यान भारत लगायत अन्य देसमा समेत धेरै रहेका छन् । त्यस्तै कार्टह्विल, हिपप र एक्रोभ्याटिक डान्समा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको वाइल्ड रिपर्ज पनि भारतमा तहल्का मच्चाउन सफल नेपाली डान्स ग्रुप हो ।nepaliinboard

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com