नेपालकै पुरानो चन्द्र नहर ठाउँठाउँमा भत्किएर जीर्ण बन्दै

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , माघ २३ गते । नेपालकै पुरानो नहरको रुपमा रहेको चन्द्र नहर जिर्ण बन्दै गई रहेको छ ।
बि.सं १९८५ सालमा चन्द्र शमसेरले बनाएको चन्द्र नहर ठाउँठाउँमा भत्किने अवस्थामा पुगी जीर्ण बन्दै गइरहेको छ ।
सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका १ स्थित फत्तेपुरमा नहरको हेड बाँध रहेको छ । त्रियुगा नदीको पानी संकलन गरी नहरमा पानी लगाईन्छ र सो पानीले हजारौं बिघा जमिनमा सिँचाइ हुदै आएको छ ।
चन्द्र नहरको व्यवस्थित रुपमा मर्मत सम्भार नहुँदा कुनबेला नहर फुटेर नोक्सान बनाउने सम्भावना बढेर गइरहेको छ ।
यस अघि पनि कञ्चनरुप –८ स्थित कंचनपुर बेरियरदेखि पश्चिममा दुई पटक नहर फुटन गई किसानले खेतमा लगाएको धानबाली तथा अन्नबालीमा बालुवा पुरिएर ठुलो नोक्सान भएको थियो ।
सम्बन्धित निकायले समयमै नहरकोमर्मत सम्भार गर्न ध्यान नपुर्‍याउदा किसानहरु ठुलो मर्कामा परेको किसान सूर्य नारायण मण्डल बताउँछन् ।
ऐतिहासिक सम्पदाको रुपमा रहेको चन्द्र नहरको समयमै मर्मत भएन र किसानहरुले राम्रेसँग सिचाइ गर्न पाएनन् भने सप्तरीकै पहिचान मेटिएर जाने बुद्धिजिविहरु बताउँछन् । http://www.kanchanrup.news

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com