नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु ; मृतकको संख्या २ पुग्याे

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेका २५ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

भारतको मुम्बइबाट आएका बाँके नरैनापुर–५ का ती युवक क्वारेन्टाइनमा बस्दै आएका थिए । शनिबार रातिदेखि स्वास्थ्यमा समस्या देखिएका उनको आज बिहानै मृत्यु भएको हो ।

उनको मृत्युपश्चात गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । याे सँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २ जना पुगेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com