नेपालमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि ; संक्रमितको संख्या २९५ पुग्यो

काठमाडौं । नेपालमा थप तीनजनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुईजना मोरङ विराटनगरका र एकजना धनकुटाका छन् । मोरङ र धनकुटामा पहिलो पटक संक्रमित देखिएका हुन् ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार धनकुटाको ३४ वर्षीय महिला, विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ । जसमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना डिस्चार्ज भएका छन् ।

 

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com