नेपालमा थप १० जनामा कोरोना पुष्टि : सङ्क्रमित २ सय ९१ पुगे

काठमाडौं : नेपालमा थप १० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यससँगै संक्रमितको  संख्या २९१ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रौतहटका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमित हुनेमा रौतहट राजपुर नगरपालिका फरहदवा ९ निवासी १८, ३२, ३६, ३९, ४२, ४८ वर्षीय पुरुषहरु र रौतहट इशनाथ नगरपालिका ३ र ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरु रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमितको स्वास्थ्य अवस्था सामान्य  रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com