नेपाली महिला फुटबल टिम एएफसी महिला ओलम्पिक खेलमा छनोट

नेपाली महिला फुटबल टिम एएफसी महिला ओलम्पिक खेलमा छनोट हुन सफल भएका छन ।
आज सम्पन्न भएको समूह सी तर्फको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्यो । नेपालको लागि कप्तान निरु थापाले गोल गरीन् ।
यो बराबरीको नतिजासँगै ३ खेलबाट ३ अंक जोडेको नेपाल उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीका रुपमा दोस्रो चरणमा प्रवेश गरेको हो । समूह सी मै रहेका भारत र आयोजक म्यानमार पनि दोस्रो चरणका लागि छनौट भएका छन्
दोस्रो चरणका खेलहरु आगामी बर्ष (२०१९) को अप्रिल १ देखि ९ तारीखसम्म हुने तय भएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com