नेपालै भरि छठ पर्व श्रद्धा एवं हर्षोल्लासका साथ भव्य रुपमा सम्पन्न

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , १७ कार्तिक ।

दसैं तिहार पछिको ठूलो पर्वका रुपमा रहेको छठ पर्व नेपालका विभिन्न ठाउँमा श्रद्धा एवं हर्षोल्लासका साथ भव्य रुपमा मनाइएको छ ।

शनिबार साझ र आइतबार बिहान पोखरी , नदि – खोला तथा तलाउका किनारमा सजिसजाउ गरी सजाएर छठ पूजा सम्पन्न गरिएको छ ।

शनिबार साझ अस्ताउँदो र आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिने श्रद्धालु भक्तजनहरुको नदि तथा पोखरीहरुमा उल्लेख्य मात्रामा भिड लागेको थियो ।

सूर्यको आरधना गरी मनाइने यस पर्वमा व्रतालुहरुले शनिबार साझ नदि ख‍ोला , पोखरी , तलाउ मा उभिएर अस्ताउँदो र आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पूजा आरधना गरे । सद्भावको प्रतिकका रुपमा रहेको छठ पर्व गर्नाले सन्तान प्राप्ति , निरोगी , सुख शान्ति , समृद्धि र छाला सम्बन्धि रोग निको हुने धार्मिक बिश्वास रहेको पाइन्छ । पहिले पहिले तराई मधेसका बासिन्दाले मनाउने छठ पर्व पछिल्लो समयमा आएर पहाडी समुदायले समेत मनाउन थालेका छन् ।

ऋग्वेदमा उल्लेख भए अनुसार सूर्य नै बल , यश , चक्षुश्रोत , आत्मा र मन भएको कुरालाई ध्यानमा राखेर यो पर्वमा पूजापाठ र आरधना गरेमा आफूले चिताएको पुरा हुनुका साथै मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको पाइन्छ ।

नेपाल र भारतका उत्तरी क्षेत्रमा हिन्दुहरुले मनाउने यो पर्वमा षष्ठी भगवतीको पूजा आरधना गरी पुत्र , पति र परिवारको कल्याणको कामना समेत गर्ने गरिन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिन देखि ब्रत बस्ने महिला तथा पुरुषले निष्ठा पूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकी पख दुध चामल र सख्खरको खीर पकाई प्रसादको रुपमा आफूले खाने र व्रत नबस्ने अन्यलाई समेत प्रसाद खुवाउने चलन रहेको छ ।

परम्परा अनुसार छठका दिन बेलुका अस्ताउँदो सूर्यलाई नदि खोला , पोखरी , तलाउमा गएर जल भित्र उभिएर पूजा आरधना गरी अर्घ दिएपछि रातभर पोखरी तलाउ नदि खोलाका किनारमा बसी जाग्राम , भजन किर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ पूजालाई विसर्जन गरिन्छ ।

सुन्दरी खोलामा

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com