नेपाल आयल निगमले पुनः इन्धनको मूल्य बढायो

काठमाडौं , २६ असार । नेपाल आयल निगमले इन्धनको मूल्य पुनः बढाएको छ । आयल निगमले  १० दिन नबित्दै पुनः मूल्य बढाएको छ ।

आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १,१ रुपैयाँको दरले बढाएको हो ।

नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय २ रुपैयाँ, डिजेल ८८ रुपैयाँ र मट्टितेल ८८ रुपैयाँ पर्ने निगमका प्रबक्ता बिनितमणी उपाध्यायले बताए ।

निगमले असार १६ गते पेट्रोलमा ५ रुपैया, डिजेलमा २ र मट्टितेलमा २ रुपैयाँ बढाएको थियो । १० दिन नबित्दै पुनः मूल्य बढाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com