नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटायो

काठमाडौं, २४ भदौ । नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको छ । पेट्रोल डिजेल र मट्टितेलको साविक मूल्यमा २–२ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।जसअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय सात भएको छ भने डिजेट र मट्टितेल ९५ रुपैयामाँ घटेको छ ।

समायोजन भएको नयाँ मूल्य आज राति १२ बजेबाट लागू हुने उनको भनाइ छ । नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको पेट्रोलियम पाइपलाइन केही बेरमा उदघाटन गर्नुअघि इन्धनको मूल्य घटेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com