नेपाल प्रविधिक स्वास्थ्य संघ सप्तरीको अध्यक्षमा पुन : हरिनारायण लौगी

बृजमान तामाङ

विरेन्द्र वजार, १२ जेठ । नेपाल प्राविधिक स्वास्थ्य संघ(पान) सप्तरीको अध्यक्षमा पुनः हरि नारायण लौगी चयन भएका छन ।

सप्तरीको विरेन्द्र वजारमा शनिवार सम्पन्न संघको चौथो अधिवेशनले सर्वसम्मतवाट लौगीलाई दोश्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।

समितीको उपाध्यक्षमा उमेश प्रसाद चौधरी, निजीक्षेत्र उपाध्यक्षमा विनोद कुमार यादव, महिला उपाध्यक्षमा चन्द्रकला यादव, सचिवमा वैधनाथ मण्डल, सह सचिवमा महेन्द्र राउत र कोषध्यक्षमा मिना मण्डल चयन भएका छन । समितीको सदस्यहरुमा विणा मण्डल, रामअवतार साह र सुर्य नारायण लौगी चयन भएको जनाएको छ । नेपाल प्रविधिक स्वास्थ्य प्रविधिक संघ सप्तरीका अध्यक्ष हरि नारायण लौगीको अध्यक्षता तथा केन्द्रिय सदस्य सवनम सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशन उद्घाटन सभालाई जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरन्जन प्रसाद यादव, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष भागवत यादव, राष्ट्रिय स्वास्थ्य कर्मचारी संघका पुर्व केन्द्रिय सचिव यूगलकिशोर विश्वास लगायतले सम्वोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com