नेपाल स्तब्ध, विश्वकप खेल्ने सपना अधुरै

सिंगापुरसँग पराजित भएसँगै टी(२० विश्वकप छनौट खेल्ने नेपालको सपना सपनामै सीमित भएको छ । ईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आइतबारको अन्तिम खेलमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भयो । सिंगापुरले दिएको १९२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । कप्तान पारस खड्का व्यक्तिगत १२ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल २१ बलमा ३९ रन बनाएर बाहिरिए । अरु खेलाडी खासै जम्न सकेनन् ।

दिपेन्द्रसिंह ऐरी २३ रन र सोमपाल कामी ११ रनमी सीमित हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । त्यसअघि टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । नेपालका लागि अभिनास बोहराले चार र करण केसीले २ विकेट लिए । आज जितेको भए नेपालले आगमी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटमा स्थान बनाउने थियो । उत्कृष्ट सुरुवात गरेपनि मध्येक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपाल पराजित भयो । नेपालले २७ रन जोड्दा पहिलो विकेटको रुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो । ५४ रन जोड्दा नेपालले ज्ञानेन्द्र मल्ललाई ३९ रनमा गुमाएको थियो ।

त्यसपछि नेपालको इनिङ्स धरासायी बनेको थियो । सिंगापुरसँगको हारसँगै नेपालले तेस्रो स्थानमा रहेर प्रतियोगिता सकाएको छ । ४ खेलमा २ हार व्यहोरेको नेपालले ७ अंक जोड्यो । नेपाल यसअघि पहिलो खेलमा कतारसँग पराजित भएको थियो । सिंगापुर भने अपराजित रह्यो । ४ खेलमा ३ जित निकालेको सिंगापुरले ७ अंक जोड्यो । सिंगापुरले बर्षाको कारण एक खेलमा अंक बाडेको थियो । अब सिंगापुरले युएईमा आयोजना ग्लोबल छनोट खेल्नेछ । सिंगापुर पहिलो पटक ग्लोबल छनोटमा पुगेको हो । ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म । युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगिसकेको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com