नेमकिपाको महाधिवेशनमा विद्यालय पोसाकमै बालबालिकाको प्रयोग

भक्तपुर ।
नेपाल मजदुर किसान पार्टीको ७ अौ महाधिवेशनको उद्घाटन सत्रको र्यालीमा भक्तपुर जिल्लामा अध्ययनरत बालबालिकाहरुलाई विद्यालयको गाडी सहित विद्यालयको पाेशाकमा पार्टीको झण्डा, क्याप, टिसर्ट लगाएर नारा बाजि लगाउँदै सडकमा उत्रारेका थिए ।  बालबालिकाहरुलाई कुनै पनि राजनीतिक दलको कार्यक्रमहरुमा प्रयाेग गर्न नहुने, बिद्यालय र बालबालिका शान्ति क्षेत्र हुन भनेर सम्पुर्ण राजनीति दलहरुले प्रतिबद्ध जनाए पनि नेमकिपाले राजनितिक दलकाे अाचार संहिता, नेपालको संविधानमा उल्लेख भएकाे बालबालिका सम्बन्धि हक, र बालबालिका सम्बन्धि ऐन – २०७५ काे भावनालाई परिपालन नगरि बालबालिकाहरुकाे चरम दुरुप्रयाेग गरि भविष्यका कर्णाधार वर्तमानका साझेदार मानिने अबाेध बालबालिकाहरुलाई प्रयोग गरिएको विषयमा भक्तपुरका बालअधिकारकर्मीहरुले ध्यानाकर्षण गराएका छन् ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com